पार्टी झन्डा


चुनाव चिह्न


नेपाली नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा


(ने.क.पा. (माओवादी) को २०५१ चैत्र, २-४ सम्म बसेको ऐतिहासिक तेस्रो विस्तारित वैठकमा पारित।)
  1. ऐतिहासिक पृष्ठभूमि
  2. नेपाली कम्युनिस्ट आन्दोलन र सशस्त्र सङ्घर्षको प्रश्न
  3. नेपाली सशस्त्र सङ्घर्षको स्वरूप, निशाना र प्रेरक शक्ति
  4. नेपाली सशस्त्र सङ्घर्षको रणनीति एवम् कार्यनीतिको समस्या
  5. नेपाली सशस्त्र सङ्घर्षको स्वरूप, निशाना र प्रेरक शक्ति
  6. सशस्त्र सङ्घर्ष प्रारम्भ गर्नेबारे केही महत्त्वपूर्ण प्रश्नहरू
  7. नेपाली जनयुद्धका विकासका सामान्य चरणहरू


     'सशस्त्र बलद्वारा राज्यसत्ता कब्जा गर्नु, युद्धद्वारा समस्या हल गर्नु क्रान्तिको केन्द्रीय काम र सर्वोच्च रूप हो । क्रान्तिको यो मार्क्सवादी-लेनिनवादी सिद्धान्त र्सवत्र लागु हुन्छ, चीन र अन्य सबै देशमा लागु हुन्छ । तर, सिद्धान्त एउटै हुँदाहुँदै पनि जब र्सवहारावर्गको पार्टीले त्यसलाई व्यवहारमा लागु गर्दछ, त्यतिबेला उसले अलग-अलग परिस्थितिअनुसार अभिव्यक्तिको अलग-अलग तरिका अपनाउँछ ।' (माओ -युद्ध र रणनीतिका समस्याहरू)

     आजको अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय परिस्थितिमा विकास भइरहेको वर्गसङ्घर्षको स्थिति र मालेमावादको आधारभूत शिक्षाबाट के कुरा स्पष्ट छ भने सशस्त्र सङ्घर्षमा केन्द्रित नभई न क्रान्तिकारी पार्टीले विकास सम्भव छ न वास्तविक जनक्रान्ति नै । आजको साम्राज्यवादी युगमा मालेमावादी हुनु भनेको सशस्त्र जनयुद्धमा लाग्नु हो । संसारका ती पार्टीलेमात्र क्रान्तिकारी मार्क्सवादी छन् वा हुनसक्छन् जुन पार्टीले साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादसँग लड्न क.माओद्वारा विकास गरिएको जनयुद्धको सिद्धान्तको सार्वभौमिकतालाई स्वीकार गरी वर्गसङ्घर्षको व्यवहारमा आफ्नो स्थितिअनुसार बन्दुक लिएर लडिरहेका छन् वा त्यसको निमित्त गम्भीरतापूर्वक लागिरहेका छन् । 'राज्यसत्ताबाहेक अरू सबै भ्रम हो', 'राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ' भन्ने प्रसिद्ध मार्क्सवादी प्रस्थापनाहरूसँगै आज भन्न सकिन्छ- जनयुद्धबाहेक अर्को विकल्प छैन ।

     मालेमाका आधारमा नेपाली समाजमा वर्गसङ्घर्षको विकासको सामान्य विशेषताको अध्ययन, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन (अ.क.आ.)का अनुभवहरूको अध्ययन तथा नेपाली कम्युनिष्ट आन्दोलनमा प्रभाव रहँदै आएको दक्षिणपन्थी सुधारवादका विरुद्धको सङ्घर्षको क्रममा हाम्रो पार्टीलेहाधिवेशनले नेपाली सशस्त्र सङ्घर्षको सामान्य दिशा निर्धारण गरेको छ । तर, त्यसलाई व्यवहारमा लागू गर्ने काम अझै हुनसकेको छैन । गत राष्ट्रिय सम्मेलनमा दक्षिणपन्थी विर्सजनवादीहरूलाई परास्त गरिएको स्थिति, गत संसदीय चुनावको बहिष्कार आन्दोलन मूलरूपमा सफल भएको स्थिति, गत कालमा केही जिल्लाहरूमा ग्रामीण वर्गसङ्घर्षको क्रममा विकास भएको प्रतिरोध सङ्घर्षको स्थिति, देशको प्रतिक्रियावादीवर्ग आर्थिकरूपले होइन, राजनीतिकरूपले समेत सङ्कटग्रस्त बनेको स्थिति तथा दक्षिणपन्थी संशोधनवाद प्रतिक्रियावादका रूपमा अभिव्यक्त भइरहेको स्थितिले पार्टीको ध्यान सशस्त्र सङ्घर्षमा केन्द्रित गर्नका लागि वस्तुगत र आत्मगत दुवै अर्थमा निकै राम्रो वातावरण तयार भएको छ । यस अवस्थामा पनि हामीले यो विषयलाई गम्भीरतापूर्वक लिएनौं भने इतिहासले क्षमा दिनेछैन । त्यस अर्थमा यो प्लेनम सशस्त्र सङ्घर्षबारे जुन निर्णय लिन लागिरहेको छ, त्यसको भारी ऐतिहासिक महत्त्व रहनेछ ।

ऐतिहासिक पृष्ठभूमि

     ऐतिहासिक भौतिकवादी ढङ्गले हेर्दा नेपालको इतिहासमा के कुरा सजिलै देख्नसकिन्छ भने नेपाली जनता आफ्नो अस्तित्व र विकासका लागि हजारौं वर्षेखि नै प्राकृतिक कठिनाइ एवं विविधरूपका मानवनिर्मित समस्याहरूसँग विविध ढङ्का सङ्घर्ष गर्दै आएका छन् । एकातिर आफ्नो प्राकृतिक अर्थतन्त्र एवम् कमीलाई सँस्कृतिसहित स्वतन्त्रतापूर्वक पहाडका विकट भीर, पाखा-पखेरामा जीवनका निमित्त प्रकृतिसँग सङ्घर्ष गरिरहेका सोझा र सरल जाति तथा अर्कातिर पटक-पटक गरी मुख्यतः करिब एक हजार वर्षअगाडि उच्च उत्पादन प्रविधि एवं युद्धकौशलसहित दक्षिणतिरबाट मुस्लिमसँगको लडाइँमा पराजित भएर यस पहाडी प्रदेशमा प्रवेश गरेका हिन्दू धर्मालम्बी जातिका बीचको अन्तर्संघर्ष र अन्तर्घुलनको प्रक्रियामा नै आधुनिक नेपालको विकास भएको हो । त्यस ऐतिहासिक प्रक्रियामा विभिन्न राजा-रजौटाको विकास र उनीहरूका बीचमा निरन्तर भइरहने झडपहरूको क्रमले नेपाली जनतालाई जीवनको आवश्यकताले हिंसात्मक सङ्घर्षमा प्रशिक्षित हुन बाध्य पारेको कुरा इतिहासमा स्पष्ट देखिन्छ । आफ्नै ऐतिहासिक विकासप्रक्रियामा लडाकुपन र रणकौशलको ज्ञान हासिल गरेका नेपाली जनताले पछि आएर आधुनिक ज्ञान, प्रविधि र शस्त्रास्त्र सुसज्जित दक्षिणतिर अङ्ग्रेजको फौज एवं उत्तरतिर चीनको तिब्बतसँग भीषण र वीरतापूर्ण लडाइँहरू लडेका हुन् । आफ्नो स्वाभिमानका निमित्त लडिएका ती लडाइँहरूमा आफ्नै स्वदेशी हातहतियारका बलमा बाल, वृद्ध, महिला, युवकहरूले इतिहासमा जुन अपूर्व त्याग, बलिदान, शौर्य र चातुर्यको प्रदर्शन गरे त्यसले विशाल साम्राज्यवादी फौज र तिनका नायकहरूलाई भयभीत र आतङ्कित तुल्याई नेपाली (गोरखाली) जातिलाई संसारको बहादुर लडाकु जातिका रूपमा स्थापित गराएको छ । आज पनि इतिहासमा नेपालीहरूले देखाएको रणकौशल, बहादुरी र बलिदान हेर्दा कुनै पनि स्वाभिमानी नेपालीको छाती गर्वले फुल्दछ । ती लडाइँहरूमा नेपाली जनताले देखाएको त्याग, बलिदान, शौर्य र चातुर्यलाई विश्वर्सवहारावर्गका महान् नेता एवम् साम्यवादी सिद्धान्तका प्रवर्तक कार्ल मार्क्सले समेत सम्मान गर्नुभएको तथ्य हाम्रा लागि कम गौरवको विषय होइन ।

     तर, नेतृत्वका हिसाबले पहिले र आज पनि वैदेशिक साम्राज्यवाद र त्यसका पाल्तु कुकुर देशीय प्रतिक्रियावादी शासकवर्गले षड्यन्त्रमूलक ढङ्गबाट नेपाली जनताको त्यो बहादुरीलाई भाडाको सिपाही बनाउने कुकृत्य गरेका छन् । हामीले इतिहासको त्यो बिरासतलाई सङ्घर्षकै माध्यमबाट नेपाली जनतामा पुर्याई आफ्नो भाग्य आफ्नै हातमा लिन प्रेरितमात्र गर्न जरुरी छ ।

     यता केन्द्रीकृत नेपाली राज्यव्यवस्थाको विकासपछि पनि शासकवर्गका र विशेषतः राणाशाही अत्याचारका विरुद्ध नेपाली जनताले आफ्नै ढङ्गबाट सङ्घर्ष र विद्रोह गर्दै आएको पाइन्छ । यसमा विविध रूप र चरित्रका शासकवर्गभित्रकै अनगिन्ती मुठभेडहरू तथा लखन थापाको विद्रोहजस्ता घटनाहरू उल्लेखनीय छन् । दोस्रो विश्वयुद्धको वरिपरि विश्वव्यापीरूपमा अगाडि बढेको जनचेतना र विद्रोहको पृष्ठभूमिमा नेपाली जनता पनि सत्ताधारी वर्गको अत्याचारका विरुद्ध हिंसात्मक सङ्घर्षको प्रक्रियामा अघि बढ्दछन् । यसैक्रममा नेपालमा कम्युनिष्ट पार्टीको गठन भयो र नेपाल सामन्तवाद र साम्राज्यवादविरोधी नयाँजनवादी क्रान्तिको चरणमा प्रवेश गर्यो । जनताको सङ्घर्षलाई दिल्ली सम्झौताद्वारा कुल्चने भारतीय विस्तारवादी शासकवर्ग, भारतीय दलाल नेपाली काँग्रेस एवम् सामन्ती राजाको षड्यन्त्रका विरुद्ध देशका विभिन्न भागमा जनता सशस्त्र मुठभेडमा समेत उत्रे । यस सर्न्दर्भम भैरहवा क्षेत्रमा भएका सशस्त्र विद्रोहका घटना उल्लेखनीय छन् । त्यसपछि पनि जनता प्रतिक्रियावादी कानुन र व्यवस्था तोडेर साना-ठूला सङ्घर्षको प्रक्रियामा लागे । स्थानीय सामन्ती जालीफटाहाका विरुद्ध पनि ठाउँ-ठाउँमा सशस्त्र मुठभेडहरू हुन थाले ।

     सामन्तवाद र विस्तारवादका विरोधी त्यसप्रकारका सशस्त्र विद्रोहमध्ये पश्चिम नेपालमा भीमदत्त पन्तको नेतृत्त्वमा भएको सशस्त्र सङ्घर्षको ऐतिहासिक महत्त्व रहेको छ । ०८/०९ सालमै सयौंको सङ्ख्यामा सशस्त्र दल बनाई भीमदत्त पन्तले जसरी भ्रष्ट सरकारी हाकिमहरूलाई खत्तम पार्ने, सरकारी कोषको खाद्यान्न र अन्य सामाग्री कब्जा गरी भोका, नाङ्गा र अनिकालपीडित किसानहरूलाई बाँड्ने, एकपछि अर्को गरी सामन्ती, जाली र फटाहाहरूमाथि आक्रमण गर्ने काम गरेका छन् त्यो विद्रोहलाई दबाउनु नेपाली सरकारको बुताबाहिर हुनुले पनि त्यो कति जनप्रिय र शक्तिशाली थियो भन्ने कुरा स्पष्ट हुन्छ । हजारौंको सङ्ख्यामा भारतीय फौज भित्र्याई त्यो विद्रोह दबाइयो तथा नितान्त क्रूर एवम् अमानवीय ढङ्गबाट त्यसका नेताको हत्या गराइयो । त्यसबाट विद्यमान शासकवर्गका राष्ट्रघाती आत्मर्समर्पणवादी एवं फासिस्ट चरित्र त्यतिबेलैदेखि र्छलङ्ग छ ।

     कम्युनिस्ट पार्टीलेग जोडिएर यसै अवधिमा देशका विभिन्न जिल्लाहरूमा सामन्ती शोषण उत्पीडनका विरुद्ध किसान सङ्घर्षको प्रक्रिया बढ्न थाल्यो । तिनीहरूमध्ये बारा, पर्सा मूख्यत: रौतहटमा विकास भएको किसान सङ्घर्षको विशेष महत्त्व रहेको छ । हजारौं-लाखौं को सङ्ख्यामा किसानहरू तत्कालीन कानुन र व्यवस्था तोडेर स्थानीय सामन्त, जाली-फटाहाका विरुद्ध तमसुक च्यात्ने, भकारी फोर्ने, सामन्ती घमण्ड चूर गर्न साँस्कृतिक अभियान चलाउनेलगायत हिंसात्मक सङ्घर्षहरूमा अगाडि बढे । स्थानीय रूपमा त्यहाँका किसानहरूले करिब-करिब सत्ताको बागडोर नै आफ्नो हातमा लिनपुगे । सामन्त जमिन्दारहरूमा भागदौड मच्चियो । तर, दुःखको कुरा तत्कालीन पार्टीलेतृत्त्वले देशका विभिन्न भागमा भइरहेको सशस्त्र मुठभेड र किसान वर्गसङ्घर्षका घटनाहरूलाई संश्लेषण गरी छापामार युद्धतिर डोर्याउने कुराको कल्पनासम्म नगरी उल्टो तिनलाई उग्रवादी बताई सामन्ती राजाको शरणमा जाने र आफूलाई वैधानिक, शान्तिपूर्ण र संसदीय घेराभित्रमात्र राख्ने काम गर्यो । नेपाली कम्युनिस्ट आन्दोलनमा दूरगामी प्रभाव पार्ने संशोधनवादको दिशामा त्यो एक ऐतिहासिक गद्दारी थियो ।
     त्यसपछि पनि जनताको सङ्घर्षको धारा अगाडि बढ्दै गयो । आ-आङ्खनै ढङ्गका विद्रोहका घटनाक्रमहरू जारी रहे । धादिङको खनियाँबासमा सामन्तहरूका विरुद्ध किसानहरूको कैयौं दिन लामो विद्रोह र दाङ्को किसान सङ्घर्ष यस दैरानका उल्लेखनीय किसान सङ्घर्षहरू हुन् । ०१५ सालमा निर्वाचित भनिएको ने.का. सरकारको गण्डक सम्झौतालगायत भारतीय विस्तारवादको दलालीका विरुद्ध पनि साना-ठूला गैरकानुनी सङ्घर्षको प्रक्रिया जारी रह्यो । ०१७ सालको राजाको फौजीकाण्ड र निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध पनि ठाउँ-ठाउँमा हिंसात्मक सङ्घर्षका घटनाहरू देखापरे । यस क्रममा वामपन्थी युवा विद्यार्थीहरूको आन्दोलन जेल, नेल, दमन र आतङ्कको पर्वाह नगरी निरन्तर अगाडि बढ्दै रह्यो ।

     यस प्रक्रियाको सबैभन्दा उल्लेखनीय सङ्घर्ष कम्युनिस्ट आन्दोलनमा एकछत्र हावी रहेको दक्षिणपन्थी संशोधनवादका विरुद्ध विद्रोह गर्दै दीर्घकालीन जनयुद्धको कार्यदिशासहित ०२८ सालमा झापामा भएको सशस्त्र सङ्घर्ष हो । त्यो विद्रोहले निश्चितरूपमा क्रान्तिकारी धारा र स्पिरिटको प्रतिनिधित्व गरेको छ । त्यसका शहीदहरू सचेत ढङ्गले नयाँ जनवादी गणतन्त्रको स्थापनाका लागि शहादत प्राप्त गर्ने अमर शहीदहरू हुन् ।

     त्यसको नेतृत्त्वमा निम्नपुँजीवादी यान्त्रिकता र वामपन्थी दुस्साहसवादका गम्भीर कमजोरी रहेका थिए तापनि नेपाली कम्युनिस्ट आन्दोलनमा जरा गाडेर बसेको दक्षिणपन्थी सुधारवाद र राजाको सामन्ती निरङ्कुश सत्ताका विरुद्धको त्यो एक दूरगामी महत्त्वको विद्रोह नै थियो । नयाँ जनवादी क्रान्तिका निमित्त गरिने सशस्त्र सङ्घर्षमा झापा विद्रोहका शहीदहरूको नाम अग्रपङ्क्तिमा नै रहने छ । यसैको सेरोफेरोमा पूर्वी तर्राईका र्सलाही, महोत्तरी, सिराहा, धनुषा र सिन्धुलीमा सशक्त ढङ्गले अघि बढेको किसानहरूको सामन्त, जालिफटाहाविरोधी सङ्घर्षले किसान सङ्घर्षको इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेको पाइन्छ । यस क्रममा समेत हजारौं-लाखौं किसानहरू पार्टीको नेतृत्त्वमा वर्गसङ्घर्षमा लाग्दै गाउँमा एक प्रकारको सत्ता शून्यताको स्थिति कायम गर्नपुगे । त्यति बेलाको किसान सङ्घर्षको जगबाट छापामार युद्धको प्रक्रिया सुरु गर्नसकिने सम्भावना स्पष्ट देखिन्छ । तर, पार्टीले रहेको सुधारवादी कार्यदिशा र निम्नपुँजीवादी लफ्फाजीका कारण प्रतिक्रियावादी सैनिक अपरेशनका अगाडि किसानहरू असहाय बन्न पुगे । त्यसै दौरानमा पनि नेपाली क्रान्तिकारी आन्दोलनमा कैर्यौ वीर सपूतहरूले शहादत प्राप्त गरे ।

     यसैबीचमा चितवनमा जुगेडीलगायतका किसान सङ्घर्षहरू भए । त्यस विद्रोहमा पनि कैयौं किसान युवाहरूले शहादत प्राप्त गरे । ०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनले देशव्यापी जनआन्दोलनको रूप लिनपुग्यो । त्यसमा माथि उल्लिखितलगायतका पूर्वाञ्चलका जिल्लाहरू, चितवन, दाङ्, बर्दियामा समेत जनसमुदायहरू देशभरि नै प्रतिक्रियावादी कानुन र व्यवस्था तोड्दै पञ्चायत र राजतन्त्रका विरुद्धमा समेत सङ्घर्षमा लागे । जनशक्तिको हिंसात्मक सङ्घर्षकै बलले अन्ततः निर्विकल्प भनिएको पञ्चायतका विरुद्ध विकल्प रोज्न दिन राजा बाध्य भए । यद्यपि त्यसका पछाडि राजा र राजावादीहरूको षड्यन्त्र अन्तर्निहित थियो । त्यसपछि पनि राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका निमित्त जनताको सङ्घर्षको धार दिन प्रतिदिन प्रबल हुँदै अगाडि बढ्यो ।

     ती सबै आन्दोलनको केन्द्रीकरण ०४६ सालको ऐतिहासिक जनआन्दोलनमा भयो । यसमा राजधानीलगायत देशभरि नै अनगिन्ती हिंसात्मक मुठभेडहरूसँगै आन्दोलन सिधै राजतन्त्रकै अन्तको दिशामा अघि बढ्यो । यो ऐतिहासिक सङ्घर्षमा सयौं नेपाली वीर छोराछोरीले ज्यान गुमाउनुपर्यो । तर, देशी-विदेशी प्रतिक्रियावादी एवं दक्षिणपन्थी संशोधनवादीहरूले केही सुधारका निमित्त सङ्घर्षको स्तर र भावनाविपरित राजासँग सम्झौता गरी आन्दोलन भाँड्ने षड्यन्त्रमा सफलता प्राप्त गरे । पञ्चायती निर्दलीयताको अन्त र राजाको नेतृत्त्वमा बहुदलीय व्यवस्थाको स्थापनाको जुन सुधार आयो त्यो पनि जनताको हिंसात्मक सङ्घर्षकै प्रतिफल थियो भन्ने कुरा स्पष्ट छ ।

     बहुदलको स्थापनापछि समेत राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका निमित्त लाखौं जनसमुदाय सङ्घर्षकै प्रक्रियामा छन् । हामीले यस कालमा आफ्नै नेतृत्वमा चलाएका सामान्य वैधानिक सङ्घर्षको क्रममा पनि के स्पष्ट देखेका छौं भने जनताहरूले प्रतिक्रियावादी सत्ताका विरुद्ध ठाडो आक्रमण र हिंसात्मक मुठभेडका गतिविधिहरूलाई उत्साहपूर्ण र जोडदार सहयोग, र्समर्थन गर्ने गर्दछन् । बहुदल स्थापनाको छोटो अवधिमा सयौँ नेपालीहरूले मुक्ति र अधिकारका निमित्त ज्यान गुमाइसकेका छन्, जसमा धनुषामा हाम्रो पार्टीले महत्त्वपूर्ण नेता एवं देशभरिका कैयौँ कार्यकर्तासमेत पर्दछन् ।

     पश्चिम नेपालका पहाडी जिल्लाहरू खासगरी रोल्पा, रुकुममा विकास भएको सचेत किसानको वर्गसङ्घर्षले यस प्रक्रियामा सामन्तवाद र साम्राज्यवाद विरोधी क्रान्तिकारी सङ्घर्षको उच्चताको प्रतिनिधित्व गर्दछ । भयानक प्रतिक्रियावादी दमन र आतङ्कमा बाबजुद त्यहाँको सङ्घर्ष टिकेको मात्र होइन, त्यसले प्रतिरोधात्मक सङ्घर्षको रूप लि“दै गुणात्मक फड्कोको दिशामा अघि बढिरहेको छ । त्यो सङ्घर्षले नेपाली कम्युनिस्ट आन्दोलनमै केही नयाँ वस्तु जन्माइ सशस्त्र सङ्घर्षसम्बन्धी कामबारे गम्भीर बन्न प्रेरित गरको छ ।
माथिको संक्षिप्त ऐतिहासिक सिंहावलोकनबाट के निस्कर्षनिस्कन्छ भने
  • नेपाली जनता शान्तिप्रिय छन् र उनीहरू हिंसा रुचाउँदैनन् भन्ने प्रतिक्रियावादी प्रचार सम्पूर्णरुपले झुठ्ठा हो । नेपाली जनता ऐतिहासिक कालदेखि नै आफ्नो हकहितका निम्ति हिंसात्मक सङ्घर्षमा बढ्दै आएका छन् भन्ने कुरा निर्विवाद वास्तविकता हो ।

  • आजसम्म नेपाली जनताले जुन सामान्य सुधारहरू प्राप्त गरेका छन् ती सबका पछाडि जनताको हिंसात्मक र गैरकानुनी सङ्घर्षकै बल रहेको छ ।

  • राष्ट्रियताको प्रश्नमा नेपाली जनता निकै सचेत र संवेदनशील छन् र आफूमाथिको कुनै पनि वैदेशिक थिचोमिचो सहनुभन्दा लडेर मर्नु उनीहरू श्रेयस्कर ठान्छन् ।

  • ०७ साल यतादेखि आजसम्म मुख्यतः नेपाली किसान र अन्य तप्काका जनताहरू प्रतिक्रियावादी सत्ताका विरुद्ध अनगिन्ती हिंसात्मक एवम् सशस्त्र मुठभेडमा उत्रने गरेका छन् र नेपाली जनतामा सत्ताविरोधी भावना प्रबल रहँदै आएको छ ।

  • नेपाली जनता कठीनभन्दा कठीन भौतिक एवम् शारीरिक कष्ट झेलेर पनि बहादुरीपूर्वक लड्नसक्ने संसारका वीर र लडाकु जनता हुन् ।

  • नेपाली जनताको त्यो सङ्घर्षशील प्रवृत्तिका विरुद्ध देशी-विदेशी प्रतिक्रियावादी एवं संशोधनवादी तत्त्वहरूले बारबार षड्यन्त्र र धोखा दिँदै आएका छन् । आज क्रान्तिकारीहरूका अगाडि सामन्तवाद र साम्राज्यवादका विरुद्ध सचेत र योजनाबद्ध ढङ्गले सशस्त्र सङ्घर्षको प्रारम्भ गरी नेपाली जनताको त्यो महान् ऐतिहासिक धाराको प्रतिनिधित्व गर्दै नयाँ जनवादी क्रान्ति पूरा गर्ने गहनतम् जिम्मेवारी आएको निर्विवाद छ ।

नेपाली कम्युनिस्ट आन्दोलन र सशस्त्र सङ्घर्षको प्रश्न

     नेपाली समाजको वर्गसङ्घर्षको विकासमा २००६ सालमा कम्युनिस्ट पार्टीको गठन नेपाली र्सवहारावर्गको एउटा महत्त्वपूर्ण ऐतिहासिक उपलब्धि हो । आफ्नो प्रारम्भिक कालमा पार्टीले सशस्त्र सङ्घर्षको मर्म र महत्त्व राम्रोसँग बुझन नसके पनि सामन्तवाद र साम्राज्यवादका विरुद्ध नौलो जनवादी क्रान्ति गर्ने स्पष्ट राजनीतिक रणनीति निर्धारण गरी बचपनका सबै विशेषतासहित राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाका प्रश्नमा कम्युनिष्ट दृष्टिकोणका आधारमा प्रचारात्मक आन्दोलन तथा मुख्यतः ग्रामीण इलाकामा किसानहरूलाई सामन्तवादका विरुद्ध उतार्ने प्रयत्न गर्यो । यो प्रक्रियाले छोटो अवधिमा देशका विभिन्न भागमा कम्युनिष्ट राजनीतिप्रति जनआकर्षा बढ्नाका साथै ठाउँ-ठाउँमा किसान सङ्घर्ष बढे । त्यसमध्ये तर्राईको किसान सङ्घर्षले विशेष महत्त्व राख्दछ । किसान सङ्घर्षको विकासको अवस्थाले पार्टीले कुन बाटो लाग्ने भन्ने कार्यदिशाको प्रश्न ठोसरूपमा उठ्यो । तर, तत्कालीन पार्टीकोतृत्व सङ्घर्षलाई क्रान्तिकारी दिशामा डोर्याउन पूर्णतः असफल भएको मात्र होइन, २०१२ सालमा सामन्ती राजतन्त्रलाई स्वीकार गरी त्यसैअर्न्तर्गत शान्तिपूर्णरूपले समाजवादको प्रचार गर्ने कामसम्म मात्र आफूलाई सीमित राख्ने निर्णयमा पुग्यो । यस बिन्दुबाट नेपाली कम्युनिस्ट आन्दोलनमा घोषितरूपले दक्षिणपन्थी संशोधनवाद हावी भयो । त्यसपछिको लामो अवधिसम्म पार्टी शान्तिपूर्ण, संसदीय र सुधारवादी गतिविधिमा चुर्लुम्म डुब्यो ।

     २०१७ सालमा राजाले सम्पूर्ण राजनीतिक पार्टीलेमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष हुकुमी शासन चलाउँदा पनि संशोधनवादमा भासिएको पार्टीकोतृत्वले आफ्ना अगाडि क्रान्तिकारी राजनीतिक नारा र त्यसका लागि सङ्घर्षका क्रान्तिकारी रूपहरू राख्नुको सट्टा अन्य प्रतिक्रियावादी पार्टीलेह नै विभिन्न रूपमा संसदीय नारा राख्ने काममा मात्र सीमित राख्यो । ठीक यही कालमा रुस र चीनको महाविवाद र क. माओको नेतृत्वमा चीनमा महान् र्सवहारा साँस्कृतिक क्रान्तिको विकासले विश्वभरि र हाम्रो देशमा पनि संशोधनवादविरोधी सङ्घर्षको महत्त्व र सशस्त्र सङ्घर्षको आवश्यकताबारे आफ्ने ढङ्गले छलफल सुुरु गर्यो । पार्टीको एउटा हिस्सा नाङ्गोरूपले रुसी संशोधनवादको पछि लाग्यो र त्यो जनतामा छिट्टै नाङ्गिदै जाने क्रम पनि सुरु भयो । पार्टीको पुरानो पिँढीको नेतृत्वको ठूलो हिस्सा भने क. माओ र चीनको र्समर्थन, रुसी संशोधनवादको विरोध र नयाँ जनवादी क्रान्तिको र्समर्थनको पक्षमा उभियो । पिएलले आफ्नो गोरखपुर सम्मेलनको दस्तावेजमा 'दीर्घकालीन सशस्त्र क्रान्तिको संरचनाबिना यस्तो व्यवस्थाको स्थापना हुनसक्तैन' भन्ने कुरासम्म उल्लेख गरे । (मूलबाटो, पृ.६६) तर पनि पुरानो पिँढीको त्यतिबेलाको कुनै पनि नेतृत्व कार्यनीतिक हिसाबले समेत क्रान्तिको ठोस कार्यदिशा र त्यसलाई प्राप्त गर्ने सङ्घर्षको क्रान्तिकारी रूप निर्धारण गर्न भने पूर्णतः असफल रह्यो । यस मामिलामा चौ.म. नेतृत्वले त झनै भ्रामक र स्पष्ट सुधारवादी राजनीतिक नारा तथा सशस्त्र किसान विद्रोहको कुरा गरेर क्रान्तिको बाटोका सम्बन्धमा नै चरम अस्पष्टताको प्रदर्शन गर्यो । सारमा कार्यदिशाको हिसाबले यो हिस्सासमेत 'कुरामा केही क्रान्तिकारी तर व्यवहारमा सुधारवादी चरित्र ग्रहण गरी' छद्म संशोधनवादको दिशामा अघि बढ्यो ।
     यसै सर्न्दर्भमा भारतमा क. चारु मजुमदारको नेतृत्वमा सीपीएमको संशोधनवादका विरुद्ध विद्रोह गरी नक्सालबाडी सशस्त्र किसान सङ्घर्षको प्रारम्भ भएपछि त्यसको प्रत्यक्ष प्रभाव पूर्वी नेपालको झापाका केही क्रान्तिकारी युवाहरूमा पर्यो । त्यसअनुसार यहाँ पनि पार्टीले जरा गाडेर बसेको संशोधनवादका विरुद्ध विद्रोह गरी पूर्वाञ्चलका केही उत्साही एवं क्रान्तिकारी युवाहरूले दीर्घकालीन जनयुद्धको रणनीतिअर्न्तर्गत सशस्त्र सङ्घर्ष प्रारम्भ गरेको घोषणासहित सशस्त्र कारबाहीहरू अगाडि बढाए । चिन्तनमा निम्नपुँजीवादी यान्त्रिकता र वामपन्थी दुस्साहसवादका गम्भीर कमजोरीका बाबजुद त्यो सशस्त्र कारवाही एक यस्तो ऐतिहासिक विद्रोह थियो जसले नेकआको संशोधनवाद र राजाको सामन्ती सत्तामा समेत खैलाबैला मच्चियो । सशस्त्र सङ्घर्षको प्रश्न कम्तीमा कम्युनिस्ट आन्दोलनमा आम बहसको विषय बन्यो । सुधारवादी कार्यदिशा अँगालेका प्रायः सबै छद्म संशोधनवादी समूहहरूभित्रको सङ्घर्षलाई नयाँ ढङ्गले अवसरवादी र क्रान्तिकारीका बीच तीब्र पार्न झापा सङ्घर्षको कार्यदिशा अपनाउने वा नअपनाउने भन्ने विषयमा आ-आफ्नै ढङ्गले बहस अगाडि बढ्यो । प्रायः ती सबै समूहका सुधारवादी नेतृत्वले अमुर्त र भविष्यका लागि सशस्त्र सङ्घर्षको आवश्यकतासमेत स्वीकार गरी, वामपन्थी क्रान्तिकारीहरूको ठूलो जमातलाई भ्रम दिई तत्काल देखापरेको सशस्त्र कारबाहीका झिल्काका विरुद्ध शत्रुतापूर्ण प्रहार गरे । यो प्रश्नमा एम.बि.को नेतृत्वमा रहेको चौ.म. समूह त्यसको भ्रमपूर्ण विरोधको अग्रपंक्तिमा रह्यो । झापाकालका वामपन्थी क्रान्तिकारीहरूमाथि ध्वंसात्मक प्रहार गर्ने तथा राजावादी गद्दार मनमोहनजस्तालाई न्यूक्लसको अध्यक्ष बनाउन जोड गर्ने एमबीको संशोधनवादी सारमा अहिले पनि (एमाले प्रतिक्रियावादमा पतन हुँदा त्यसलाई मित्र देख्ने र हाम्रो पार्टीले विरुद्ध व्यवहारतः शत्रुताको नीति अख्तियार गर्ने) चरित्रमा फेरबदल नआएको कुरा स्पष्ट हुन्छ ।

     प्रतिक्रियावादीहरूको चर्को दमन, नेकपाका घोषित एवं छद्म संशोधनवादीहरूको ध्वंसात्मक प्रहार एवं मुख्यतः झापा विद्रोहको नेतृत्वमा रहेको निम्न पुँजीवादी यान्त्रिक एवं वामपन्थी दुस्साहसवादी चिन्तनका कारण त्यसले जनयुद्धको रूपमा विकास गर्न सकेन । विभिन्न समूहका विजातीय तत्त्वहरूको घुसपैठसँगै त्यस विद्रोहको नेतृत्वमा भएका कतिपय व्यक्तिहरू समेत क्रमशः दक्षिणपन्थी संशोधनवाद हुँदै आज उही राजाको प्रतिक्रियावादी मन्त्रीमण्डलमा समेत बस्नपुगे । तर, एउटा क्रान्तिकारी धाराका रूपमा त्यसका कमीकमजोरीहरू सच्याएर अघिबढ्ने प्रक्रिया भने जारी छ । त्यस कालका कतिपय नेता लामो जेल, नेल, यातना, प्रलोभनको पर्वाह नगरी आज पनि संशोधनवाद र प्रतिक्रियावादका विरुद्ध विद्रोहको झन्डा उठाइरहेका छन् ।

     समकालीन राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थिति तथा झापा सङ्घर्षको प्रभावसमेतका कारण चौमभित्र राजनीतिक नारा र सशस्त्र सङ्घर्षको कार्यदिशासम्बन्धी प्रश्नमा बहस-अर्न्तर्सङ्घर्ष बढ्यो । सशस्त्र सङ्घर्षसम्बन्धी त्यसप्रकारको बहसमा सैद्धान्तिक, राजनीतिक अस्पष्टताका बाबजुद अमर शहीद क. आजादको पनि भूमिका रहेको थियो । अन्ततः लामो र जटिल सङ्घर्षका क्रममा त्यसभित्रका इमान्दार क्रान्तिकारीहरूले सत्ताको क्रान्तिकारी नारा र त्यसका लागि दीर्घकालीन जनयुद्धको अनिवार्यता ठहर गरी छद्म संशोधनवादका प्रतिनिधि एमबी र लामाबाट पार्टीलाई बचाई आज नेपाली कम्युनिस्ट आन्दोलका विगतका सम्पूर्ण क्रान्तिकारी गतिविधिहरू (जसमा झापा सङ्घर्ष पनि पर्दछ) को प्रतिनिधित्व गरी देशमा एउटा क्रान्तिकारी विकल्प खडा गर्न सफल भएका छन् । गत राष्ट्रिय एकता महाधिवेशनमा यससम्बन्धी स्पष्ट दृष्टिकोण अगाडि आइसकेको छ ।

     इतिहासको यस घडीमा हामीले स्पष्टसँग के कुरा स्वीकार्नुपर्दछ भने सामान्य राजनीतिक नारा र त्यसलाई प्राप्त गर्ने बाटोका सम्बन्धमा सही नीति निश्चित गरेर पनि व्यवहारमा अझै त्यसलाई ठोसरूपमा उतार्न सकेका छैनौ“ । यसका पछाडि परिस्थिति र अन्तरसङ्घर्षको जटिलताका साथै 'कुरा क्रान्तिकारी र व्यवहार अवसरवादी' गर्ने निम्नपुँजीवादी रोगबाट पार्टी मुक्त हुन नसक्नु पनि रहेका छन् । यसप्रति आत्मालोचक हुँदै हामीले सशस्त्र सङ्घर्षको कामलाई अगाडि बढाउने मुर्त योजना बनाउनु जरुरी छ ।

नेपाली सशस्त्र सङ्घर्षको स्वरूप, निशाना र प्रेरक शक्ति

     मालेमाको सैद्धान्तिक निर्देशन र नेपाली समाजको सामान्य विशेषताका आधारमा हाम्रो पार्टीले सर्वहारावर्गको नेतृत्व, मजदुर-किसान एकताको आधारमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध परिलक्षित जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी क्रान्ति' सम्पन्न गर्ने राजनीतिक रणनीति निर्धारण गरेको छ । विश्वर्सवहारा समाजवादी क्रान्तिको दिशामा अघि बढ्नु तथा र्सवहारावर्गको अधिनायकत्वअर्न्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्ति चलाउँदै साम्यवाद हासिल गर्नु पार्टीको भावी उद्देश्य हो । नेपाली सशस्त्र सङ्घर्षको स्वरूप र दिशा ठीक त्यही राजनीतिक उद्देश्यद्वारा निर्देशित एवं आवद्ध रहने कुरा स्पष्ट छ । त्यसअनुसार नेपाली सशस्त्र सङ्घर्षको स्वरूप र दिशाबारे पार्टीको एकता महाधिवेशनले 'गाउँबाट सहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धको कार्यदिशा' मूल लक्ष्य हुने कुरा स्पष्ट गरेको छ ।

सशस्त्र सङ्घर्षको निशाना

     सामन्तवाद र नेपाली जनता, साम्राज्यवाद मुख्यतः भारतीय विस्तारवाद र नेपाली जनता, दलाल एवम् नोकरशाही पुँजीवाद र नेपाली जनतका बीचको आधारभूत अन्तरविरोध र तात्कालिकरूपले भारतीय विस्तारवाद संरक्षित सामन्त, नोकरशाह र दलाल पुँजीपतिवर्ग मिलेर बनेको घरेलु प्रतिक्रियावादसँगको नेपाली जनताको अन्तरविरोधलाई हल गर्नु नै सशस्त्र सङ्घर्षको काम हो । यसरी के कुरा स्पष्ट हुन्छ भने सङ्घर्षको नीति भनेको 'जमिन जोत्नेको' नाराका आधारमा सामन्त, जमिन्दारको जमिन कब्जा गरी भूमिहीन र गरिब किसानमा वितरण गर्न उनीहरूमथि आक्रमण गर्नु, साम्राज्यवादी शोषणको जरा काट्न दलाल एवं नोकरशाही पुँजीपतिहरूको हातमा रहेको उद्योगधन्धा, बैंकलगायत सरकारी एवम् गैरसरकारी संस्थामार्फ् सञ्चालित आयोजनाहरूको राष्ट्रियकरण गर्न तिनीहरूमाथि आक्रमण गर्नु नै हो । यसरी सामन्त, जमिन्दार, नोकरशाह र दलाल पुँजीपतिहरू नै सशस्त्र सङ्घर्षका निशाना हुन् भन्ने कुरा स्पष्ट छ ।
प्रेरक शक्ति
  • सर्वहारावर्ग: यो नयाँ जनवादी क्रान्तिको आधारभूत प्रेरक शक्ति हो । नेपालमा आधुनिक उद्योगधन्धा, कलकारखानामा काम गर्ने र्सवहारा मजदुरको संख्या कम नै भए पनि त्यो बढिरहेको छ । सङ्ख्यामा कम हुँदाहुँदै पनि आधुनिक उत्पादक शक्तिको परिचालन एवं उत्पादनको साधनबाट पूर्णतः वञ्चित यही वर्ग नै समाजको सबैभन्दा क्रान्तिकारी वर्ग हो । नयाँ जनवादी क्रान्तिको सफलताका लागि अन्य मित्रवर्गहरूको खोजी गरी तिनीहरूलाई नेतृत्व प्रदान गर्ने ऐतिहासिक जिम्मेवारी यही वर्गको नै रहेको छ ।

  • खेतमजदुर: यो गोठाला, हरूवाचरुवा, सुकुम्बासी, भरिया एवम् गरिब किसान तथा हाम्रो अवस्थामा सहरबजारका ठेला-गाढामजदुर, रिक्सा-टेम्पोचालकलगायत यातायात मजदुर, होटल मजदुर आदि नै नेपाली नयाँजनवादी क्रान्तिको सबैभन्दा भरपर्दो, जनसङ्ख्याको ठूलो हिस्सा र प्रमुख प्रेरक शक्ति हो । यहाँ गरिब किसान भन्नाले सामान्यतः त्यस्ता किसानहरू बुझ्नर्ुपर्दछ जसको आफ्नो खेतीबाट मात्र जीविका असम्भव छ ।

  • मध्यम किसानवर्ग: यो जसले वर्षरि मिहिनेत गरेर आफ्नो खेतबाट मुस्किलले जीविका चलाइरहेका हुन्छन् र केही जमिन अँधिया, ठेक्कामा पनि लिने गर्दछन् । यस्ता किसानहरूको सङ्ख्या नेपालका पहाडी इलाकाहरूमा अरू वर्गभन्दा बढी नै पाइन्छ । नयाँ जनवादी क्रान्तिका लागि यो वर्ग महत्त्वपूर्ण प्रेरकशक्ति हो ।

  • धनी किसानवर्ग: जसको खेतीबाट राम्रैसँग जीविका चल्दछ, आफूसमेत श्रम गरे तापनि एकाध मजदुर पनि काममा लगाउने गर्दछन् र आफ्नो आम्दानीको केही भाग शोषणबाट पनि प्राप्त गर्दछन् । यो वर्ग नयाँ जनवादी क्रान्तिको ढुलमुल मित्रशक्ति हो ।

  • निम्न पुँजीपतिवर्ग: यसमा विद्यालय, क्याम्पसका शिक्षक, विद्यार्थी, डाक्टर, इञ्जिनियर, वकिल, साना कर्मचारी, सहरबजारका सानातिना व्यापारी, खुद्रा पसले, दस्तकार आदि पर्दछन् । आफ्नो उत्पादनको तरिका र अवस्थाले नै यो वर्ग ढुलमुल रहन्छ । त्यसका बाबजुद नयाँ जनवादी क्रान्तिमा यसको महत्त्वपूर्ण सहयोगी भूमिका रहने गर्दछ । आज साम्राज्यवाद र प्रतिक्रियावादले यही वर्गका बुद्धिजीवीहरूलाई क्रान्तिको कामबाट बिमुख राख्न निकै ध्यान दिइरहेको छ ।

  • राष्ट्रिय पुँजीपतिवर्ग: नेपालमा वर्गका रूपमा यसको स्वतन्त्र भूमिका देखापरिनसकेको भए पनि यसले क्रमशः आकार ग्रहण गर्दैछ । सानातिना घरेलु एवं आधुनिक उद्योगधन्धा, व्यापारमा संलग्न यस प्रकारका पुँजीपतिहरू एकातिर मजदुरहरूको शोषणबाट सम्पत्ति थुपार्ने सपना र अर्कोतिर दलाल र नोकरशाही पुँजीपतिहरूको एकाधिकार र उत्पीडनबाट पिल्सिएका कारण स्वभावैले क्रान्तिको लागि समग्रमा अस्थिर वर्ग भित्रै पर्दछन् ।


नेपाली सशस्त्र सङ्घर्षले नयाँ जनवादी क्रान्तिका दुश्मन र प्रेरकशक्तिको उपर्युक्त सामान्य स्थिति र चरित्रमाथि ध्यान दिएर नै आफ्नो रणनीति र कार्यनीति निर्धारण गर्नुपर्ने आवश्यकता स्पष्ट छ ।

नेपाली सशस्त्र सङ्घर्षको रणनीति एवम् कार्यनीतिको समस्या

साम्राज्यवाद र र्सवहारा क्रान्तिको आजको युगमा दुस्मन वर्गले हाम्रोजस्तो देशमा क्रान्ति रोक्नको लागि अनेक प्रकारका षड्यन्त्रमूलक रणनीतिहरू अबलम्बन गरेको छ । तिनमा मुख्यतः निम्न कुरामा हाम्रो ध्यान जान जरुरी छ किनकि दुस्मनको रणनीति नबुझी हामी क्रान्तिको रणनीति पनि ठीक ढङ्गले निर्धारण गर्न सक्क्तैनौं ।

  • यतिबेला विश्वव्यापीरूपमा सञ्चारमा आफ्नो एकाधिकारका कारण दुस्मनले क्रान्तिको विरोधमा 'आतङ्कवाद', 'समाजवादको पतन' र 'पुँजीवादको श्रेष्ठता र सफलता'को गलत सूचनाको कुत्सित र नियोजित प्रचारद्वारा भीषण मनोवैज्ञानिक युद्धको रणनीतिद्वारा जनताको मनोबल गिराउने अभियान चलाएको छ ।
  • जनताको मनमस्तिष्कलाई विकृत पार्न छाडा साहित्य र सँस्कृतिको ओइरो लगाएर भयानक साँस्कृतिक युद्ध छेडिसकेको छ ।

  • तमाम साम्राज्यवादी शक्ति र अरू देशको प्रतिक्रियावादी शासकवर्गले आधुनिक तालिम र प्रविधियुक्त जासुसहरूको जाल बिच्र्छाई प्रत्येक क्रान्तिकारी पार्टीलेत्र घुसपैठ गरी त्यहाँको सूचना लैजाने, त्यस्ता पार्टीले वास्तविक क्रान्तिकारी नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने र हत्या गर्ने रणनीतिक अभियान चलाइरहेको छ ।

  • जनतालाई राजनीतिकरूपले भ्रम दिने सुधार र प्रजातन्त्रका नयाँ-नयाँ रूपहरूको आविस्कार गरिरहेको छ ।

  • हाम्रोजस्तो देशमा क्रान्ति रोक्ने रणनीतिअर्न्तर्गत नै मध्यमवर्गका केही पढेलेखेका व्यक्तिहरूलाई भुलाइरहन, उनीहरूलाई मध्यमवर्गबाट तल खस्न नदिन र जनतालाई क्षुद्र सुधारको मृगतृष्णामा फँसाइराख्न एनजीओ र आइएनजीओको जाल बिच्छ्याइएको छ ।

  • यहाँका बेरोजगार युवकहरूलाई रोजगारीका नाममा विश्वभरि र्छर्ने र भारततिर भौतारिन प्रोत्साहन गरिरहेको छ । विदेशी फौजमा भर्ती गरी भाडाका सिपाहीका रूपमा प्रयोग गरिरहेको छ ।

  • विभिन्न आकर्ष नारा लिएर साम्राज्यवादीहरू गाउँ-गाउँ पुगी धार्मिक प्रचार एवं अन्य तरिकाद्वारा जनतालाई प्रदूषित गरिरहेका छन् ।

  • यी लगायत यस किसिमका अनगिन्ती हतकण्डाका बाबजुद क्रान्तिकारी आन्दोलन उठेमा आफ्नो शक्तिशाली स्थायी फौजमार्फ् बीभत्स नरसंहारका अभियानहरू चलाउने गर्दछन् । समग्रमा आजको युगका जनताका दुस्मनको रणनीति भनेको चौतर्फी युद्ध हो ।


     यो स्थितिमा क्रान्ति गर्न सशस्त्र सङ्घर्षमा अघि बढ्ने क्रान्तिकारी पार्टीको रणनीति पनि समग्रयुद्ध (TOTAL WAR) का रूपमा नै हुनुपर्ने कुरा स्पष्ट छ । हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय जीवनका सबै क्षेत्रबाट जनतासँग एकाकार भई साम्राज्यवाद र प्रतिक्रियावादका विरुद्ध इँटको जवाफ पत्थरले दिने रणनीति एवम् कार्यनीति अबलम्बन गर्नु जरुरी हुन्छ । मालेमाको वैचारिक हतियार- जुन दुस्मनलाई धराशायी पार्न सफल प्रमाणित भएको र्सवहारावर्गको अपराजेय हतियार हो, त्यसको प्रकाशमा दुस्मनको आम स्थितिसँगै नेपाल देश र नेपाली समाजका निम्न आधारभूत विशेषताहरूमाथि ध्यान दिई नेपाली सशस्त्र सङ्घर्षको रणनीति एवम् कार्यनीति निर्धारण गर्न जरुरी छ :
  • नेपाल क्षेत्रफलको हिसाबले सानो, तर भौगोलिकरूपले १७ प्रतिशत तर्राईको समथर भूभागबाहेक विकट पहाड र हिमालयर्-पर्वत-शृङ्खलायुक्त विविध हावापानी, जनजाति र भाषा-सँस्कृतिले भरिएको, तीनतिरबाट विस्तारवादी भारत एवं उत्तरतिर संशोधनवादी चीनद्वारा घेरिएको एउटा भूपरिवेष्ठित मुलुक हो ।

  • नेपालमा लामो समयदेखि आधुनिक र शक्तिशाली स्थायी फौज र नोकरशाही सहितको केन्द्रीकृत प्रतिक्रियावादी राज्ययन्त्र कायम छ, जुन सहरमा विशेष केन्द्रित रहेको छ । नेपाली जनताका दुस्मन देशभित्रमात्र नभएर बाहिर साम्राज्यवाद र विशेषतः भारतीय विस्तारवादसमेत रहेका छन् ।

  • नेपालको आर्थिक, राजनीतिक विकास असमान ढङ्गले भएको छ । गाउँ नै गाउँले भरिएको नेपालका ९० प्रतिशत जनताहरू तिनै गाउँमा छरिएर रहेका उत्पीडित किसानहरू हुन् । सहरीकरणको प्रक्रिया बढ्दो छ तर त्यो आजसम्म कम नै छ भन्नु पर्दछ ।
  • नेपाली किसान र अन्य तप्काका जनसमुदाय लामो समयदेखि विविध रूपका स्थानीय र देशव्यापी सङ्घर्षको प्रक्रियाबाट गुज्र“दै आएका छन् । जनतामा कम्युनिस्टप्रतिको आकर्षा व्यापक रहेको छ । तर, यहाँ सुधारवाद र दक्षिणपन्थी संशोधनवादको प्रभाव पनि प्रबल रहेको छ । कम्युनिस्ट पार्टीको नेतृत्वमा सशस्त्र सङ्घर्षको प्रत्यक्ष अनुभव खासरूपले नेपालमा रहेको छैन ।

  • अर्धसामन्ती एवम् अर्धऔपनिवेशिक नेपाल (जहाँ मध्ययुगीन राजतन्त्र कायम छ) को प्रतिक्रियावादी शासकवर्ग तीब्र सङ्कटको प्रक्रियाबाट गुज्रिरहेको र त्यो सङ्कट अब राजनीतिकरूपमा समेत गम्भीररूपले अभिव्यक्त हुन थालिसकेको छ ।

  • नेपाली जनताको ठूलो हिस्सा रोजगारीका निमित्त विदेशमा मुख्यतः भारतमा फौजीदेखि अन्य तमाम कामका निम्ति छरिएर रहेको छ ।


माथिका यी प्रमुख विशेषताहरूबाट नै नेपाली सशस्त्र सङ्घर्षको दिशा एवम् त्यसका रणनीति र कार्यनीति बन्दछन् :

पहिलो विशेषताबाट के देखिन्छ भने नेपालमा युद्ध-सञ्चालनका लागि न विशाल भू-भाग छ, न त कुनै समुद्र उपयोगको प्रत्यक्ष सम्भावना नै छ, न विशाल जङ्गल छ, न कुनै छिमेकी राष्ट्रबाट प्रत्यक्ष सहयोग र र्समर्थनको सम्भावना नै छ । तर, जनतासँग प्रत्यक्ष सम्बन्ध राखी छापामार युद्ध सञ्चालनका लागि भौगोलिक स्थिति भने नितान्त अनुकूल रहेको छ र बहुसङ्ख्यक जनजातिमाथि रहेको जातीय उत्पीडनको विरोधबाट पनि छापामार युद्धको निमित्त राम्रो जनाधार प्राप्त गर्न सकिन्छ ।

दोस्रो विशेषताले देखाउँछ कि नेपालमा दुस्मनहरूका बीचमा सत्ताका लागि कुनै सैनिक मुठभेडको स्थिति छैन, जसका बीचबाट सैन्य शक्तिले तुरुन्त फाइदा उर्ठाई कुनै निश्चित इलाका कब्जा गर्न सकियोस् । यसले नेपाली सशस्त्र सङ्घर्षको प्रारम्भमै दुस्मनका विरुद्ध प्रत्यक्ष र मोर्चाबद्ध रूप लिन नसक्ने कुरा स्पष्ट गर्दछ । यसबाट दुस्मनलाई टुक्रा-टुक्रामा उसका कमजोरीहरूमा जनताका लागि अनुकूल धरातलमा छापामार ढङ्गले प्रहार गर्दै, कमजोर पार्दै र त्यो प्रक्रियामा जनताको सैन्यशक्ति विस्तार गर्दै जानुपर्ने आवश्यकता देखिन्छ । पहिलो र दोस्रोलाई मात्र जोडेर हेर्दा पनि नेपाली सशस्त्र सङ्घर्षले कुनै निश्चित इलाकामा स्वतन्त्ररूपले चीनको चिङ्काङ् शानजस्तो टिक्नसक्ने र त्यहाँबाट विस्तार गर्दै जाने सम्भावना देखिन्न ।

तेस्रो विशेषताले कृषिक्रान्तिलाई मेरुदण्ड मानी गाउँले इलाकाहरूमा केन्द्रित भई गरिब किसानहरूमाथि भरपर्दै उनीहरूसँग एकाकार हुँदै देशका विभिन्न भागमा छापामार युद्ध सुरु गर्न सकिने र तिनलाई विकास गर्न सकिने सम्भावनालाई देखाउँछ ।

चौथो विशेषताले दक्षिणपन्थी संशोधनवादको तीब्र भण्डाफोर गर्दै र्सतर्कतापूर्वक सशस्त्र सङ्घर्षको कार्यनीति निर्धारण गरेमा जनर्समर्थन बढ्दैजाने कुरालाई स्पष्ट गर्दछ ।

छैठौं विशेषताले नेपाली सशस्त्र सङ्घर्षको सफलताका लागि विदेशमा मुख्यतः भारतमा रहेका नेपालीहरूका बीचमा राम्रो राजनीतिक कार्य गर्ने र तिनलाई पनि सङ्घर्षका निमित्त आवश्यक विविध आपर्ूर्तिहरूको थलो बनाउनुपर्ने कुरा दर्शाउँछ ।
यी सबै विशेषताहरूको संश्लेषणबाट के स्पष्ट हुन्छ भने नेपालमा सशस्त्र सङ्घर्ष छिट्टै विद्रोहमा फड्को मारी दुस्मनलाई पराजित गर्न असम्भव छ । तर, नेपाली सशस्त्र सङ्घर्षले क्रमशः विकास गर्दै अन्तमा दुस्मनलाई ध्वस्त गर्न भने पूरा सम्भव छ । यसबाट नेपाली सशस्त्र सङ्घर्षले अनिवार्यरूपमा गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्धको रणनीतिक मार्ग नै अवलम्बन गर्नुपर्ने कुरा स्पष्ट हुन्छ । तर, त्यो मार्गमा हाम्रो देशका आप\mनै विशेषताहरूलाई ध्यान दिएरमात्र हि“ड्न सकिन्छ भन्ने कुरा पनि यसले स्पष्ट गर्दछ । यो मार्गका आधारभूत सिद्धान्तहरू, जनयुद्ध आम जनताको युद्ध हुन्छ, आम जनसमुदाय मुख्यतः किसानहरूमाथि भर परेरमात्र यसलाई बढाउन सकिन्छ, जनता नै इतिहासका निर्माता हुन् भन्ने कुरालाई दह्रोसँग आत्मसात् गर्नु, दीर्घकालीन जनयुद्धका रणनीतिक रक्षाको चरणअर्न्तर्गत छापामार युद्ध सशस्त्र सङ्घर्षको प्रधान रूप हुने भएकोले त्यसको रणनीतिक भूमिका स्वीकार गर्नु, त्यसअनुसार योजना बनाउनु, छापामार युद्धलाई मोर्चाबद्ध युद्धमा विकास गर्ने तथा केन्द्रीय सत्ता कब्जा गर्ने कामका निमित्त आधारइलाका कायम गर्ने कुराको महत्त्वलाई आत्मसात् गर्नु, सबैभन्दा मुख्य कुरा मालेमाको सैद्धान्तिक निर्देशनमा सेनामाथि पार्टीको नेतृत्वदायी भूमिका स्थापित गर्नु र कुनै हालतमा पनि बन्दुकको इशारामा पार्टीलेल्ने स्थिति आउन नदिनु प्रमुख छन् । दीर्घकालीन जनयुद्धका मूलभूत रणनीतिक सिद्धान्तहरूको पालनामा गल्तीबाट बचेर जनयुद्धको नियमहरूको उद्घाटन गर्दै जान सकिन्छ । युद्धका नियमहरू युद्धमा भाग लिएर मात्र जान्नसकिन्छ भन्ने तथ्यलाई यहाँनेर विशेष ध्यान दिन जरुरी छ । युद्धका सम्पूर्ण रणनीति एवम् कार्यनीतिको उद्देश्य आप\mनो शक्तिलाई बचाउनु र दुस्मनको शक्तिलाई खत्तम गर्नु हो । त्यसकारण आजको समग्र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थिति एवम् माथिका विशेषताहरूबाट नेपाली जनयुद्धको विकासका निमित्त अपनाउनुपर्ने नीतिहरूमा भने हामी पहिले नै स्पष्ट हुनर्ुपर्दछ । हाम्रो स्थितिमा- गाउँको कामलाई प्राथमिकता देऊ तर सहरको कामलाई पनि नछोड, अवैधानिक सङ्घर्षलाई प्राथमिकता देऊ तर मोर्चा-सङ्गठन निर्माणको कामलाई पनि नछोड, आप\mनै सङ्गठन र शक्तिको भर पर्ने कुरालाई प्राथमिकता देऊ तर कार्यगत एकता, अन्तर्राष्ट्रिय जनमतको सहयोग र र्समर्थन लिने कुरालाई पनि नछोड भन्ने नीतिलाई कुशलतापूर्वक लागु गरेरमात्र सशस्त्र सङ्घर्षलाई सुरु गर्न, टिकाउन र विकास गर्न सकिनेछ । न सम्पूर्ण रूपले एक पक्षीय भएर न सबै कामलाई बराबरी जोड दिएर नै आजको स्थितिमा जनयुद्ध उठाउन, टिकाउन र विकास गर्न सम्भव छ । यस अर्थमा जनयुद्ध समग्र युद्ध (TOTAL WAR) का रूपमा अघि बढ्नेछ ।

केन्द्रीय नीतिअनुसार विकेन्द्रित कारबाही गर्नु, अलग-अलग दुस्मनको एक्लो ठाउँमा थोरैका विरुद्ध धेरै शक्ति लगाई तुरुन्त टुङ्गिने कारबाही गर्नु, हान र भाग ९ज्ष्त बलम च्गल० को कार्यनीति अवलम्बन गर्नु, देशका विभिन्न भागबाट केन्द्रीकृत योजनाअर्न्तर्गत छापामार कारबाही अगाडि बढाउनु तर निश्चित रणनीतिक इलाकाहरूलाई विशेष ध्यान दिने तथा माओले भनेझैं छोटोभन्दा छिटो, राम्रोभन्दा राम्रो उपायद्वारा बढीभन्दा बढी जनतालाई राजनीतिक सत्ता कब्जाको प्रश्नलाई केन्द्रमा राखी सङ्गठित र आन्दोलित पार्ने कुराको सफलतमा नै नेपाली जनयुद्धको विकास निर्धारित हुनेछ ।

सशस्त्र सङ्घर्ष प्रारम्भ गर्नेबारे केही महत्त्वपूर्ण प्रश्नहरू

स्पष्ट राजनीतिक कार्यदिशा, अनुकूल वस्तुगत परिस्थिति, उपयुक्त र बढ्दो जनआधारका बाबजुद हाम्रो जस्तो पार्टीलाई (जुन लामो समयको सुधारवादी र संसदीय कार्यशैलीमा अभ्यस्त भएर आएको छ) सशस्त्र सङ्घर्ष गर्ने पार्टीले कसरी रूपान्तरण गर्ने ? के त्यो विस्तारै-विस्तारै अध्ययन, प्रशिक्षण, सुधारवादी सङ्घर्ष र सानातिना प्रतिरोधसङ्घर्षकै बीचबाट रूपान्तरण हुन्छ ? कि त्यसका लागि कुनै छलाङ्को, पुरानोसँग सम्बन्ध विच्छेदको, निर्णायक कदमको र कुनै ठूलो धक्काको आवश्यकता पर्दछ ? के हाम्रो पार्टीलेशस्त्र सङ्घर्षमा सहज ढङ्गले यसको मूलभूत वर्गीय एवम् सङ्गनात्मक संरचनामा कुनै खास क्षति नपुर्याई जान सक्छ ? छापामार युद्ध सुरु नै भइसकेपछि त्यसको प्रतिक्रिया र विकासप्रक्रिया के हुने छ ? यससम्बन्धी मार्क्सवादी द्वन्द्ववाद, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभव र हाम्रो आफ्नै अनुभवले के देखाउँछ ? यी प्रश्नमा स्पष्ट नभई हामी छापामार युद्ध सुरुवात गर्न सक्दैनौं । मार्क्सवाद सङ्घर्षको दर्शन हो । प्रकृति, समाज र मानव चिन्तनका सबै क्षेत्रमा हरेक प्रक्रियाको विकास विपरीतहरूको सङ्घर्षद्वारा हुने तथा त्यसको स्वाभाविक छलाङ् (Leap)को रूपमा हुने मार्क्सवादी द्वन्द्ववादको विकाससम्बन्धी धारणा हो । कुनै पनि प्रक्रियाको विकासलाई सामान्य जोड-घटाउको रूपमा र क्रमिक विकासको रूपमा हेर्ने चिन्तनलाई मार्क्सवादले बुर्जुवा विकासवादका रूपमा भण्डफोर गर्दछ । एउटा प्रक्रियाबाट अर्को प्रक्रियामा रूपान्तरण बिस्तारै-बिस्तारै होइन, छलाङ्द्वारा गुणात्मक परिवर्तनद्वारा हुने कुरालाई स्पष्ट गर्दछ ।
यससम्बन्धमा लेनिन भन्नुहुन्छ- "विकास विपरीतहरूको सङ्घर्ष हो, विकासका मूल दुई धारणा छन्- बढ्नु र घट्नुका रूपमा विकास र विपरीतहरूको एकताका रूपमा विकास ।" माओले बढ्नु र घट्नुका रूपमा, पुनरावृत्तिका रूपमा विकासलाई ग्रहण गर्ने चिन्तनलाई भँडुवा विकासवादको संज्ञा दिनुभयो र त्यसको विरोधमा भन्नुभयो- "विपरीतहरूको एकता र सङ्घर्षको अनिवार्य परिणाम गुणात्मक परिवर्तन अर्थात् छलाङ् हो । ठीक यसलाई उहाँले एकता, सङ्घर्ष र रूपान्तरणका रूपमा सूत्रबद्ध गर्नुभयो ।" (माओ स्मारिकाबाट) ज्ञानको सिद्धान्तका सम्बन्धमा माओले इन्द्रियग्राह्य ज्ञानबाट बुद्धिसङ्गत ज्ञान र क्रान्तिकारी व्यवहारसम्मको दुई छलाङ्को पक्षलाई 'अत्यन्त महत्त्वपूर्ण' बताउनुभएको छ । त्यसबारे क. माओकाअनुसार- "खालि यही छलाङ्, ज्ञान प्राप्तिको लागि छलाङ् अर्थात् वस्तुगत बाह्य जगत्लाई प्रतिम्बित गर्दा बन्ने विचारहरू, सिद्धान्तहरू, नीतिहरू, योजनाहरू अथवा उपायहरूले सही वा गलत भएको प्रमाणित गर्दछन् । यो मात्र होइन - दुनियाँको ज्ञान प्राप्त गर्ने र्सवहारावर्गको एकमात्र उद्देश्य हो- त्यसलाई बदल्नु ।' (व्यवहारबारे) यसरी विचारलाई व्यवहारमा परिणत गर्ने प्रक्रियामा छलाङ्को आवश्यकता र महत्त्वलाई क. माओले स्पष्ट गर्नुभएको छ । छलाङ्, गुणात्मक परिवर्तन र क्रान्ति भनेको क्रमिक विकास नभएर एउटा क्रमभङ्गताको स्थिति हो, विपरीतहरूको एकअर्कामा रूपान्तरणको स्थिति हो । जस्तो कि क्रान्तिबारे माओले त्यो 'शिष्ट संयमित' नहुने कुरा गर्दा पनि वास्तवमा गुणात्मक परिवर्तनको, प्रकृतिको उल्लेख गर्नुभएको थियो । विचारलाई व्यवहारमा रूपान्तरण गर्न सचेत पक्षबाट क्रमिक विकासको होइन, छलाङ्को योजना बनाउनु पर्दछ भन्ने नै मार्क्सवादी द्वन्द्ववादको यससम्बन्धी सार हो भन्ने कुरा यसबाट स्पष्ट हुन्छ । हामीले नेपाली वर्गसङ्घर्ष विकासको वस्तुगत स्थिति र अन्तर्राष्ट्रिय परिस्थिति सबैको छानबिनका आधारमा नेपाली क्रान्तिको चरित्र, त्यसलाई प्राप्त गर्ने बाटोसम्बन्धी धारणा बनाइसकेपछि व्यवहारमा क्रमिक विकासकै तरिका, सुधारको तरिका दोहोर्याइरहनु क्रान्तिकारी मार्क्सवाद होइन, निम्नपुँजीवाद, सुधारवाद वा भँडुवा विकासवाद हुने कुरा स्पष्ट छ । एउटा प्रक्रियाबाट अर्को प्रक्रियामा बिस्तारै-बिस्तारै रूपान्तरण असम्भव छ, त्यसका निम्ति गुणात्मक फड्को अनिवार्य हुन्छ । त्यसकारण विचार बनिसकेपछि सशस्त्र सङ्घर्ष नगरिरहेको हाम्रो पार्टीको सशस्त्र सङ्घर्ष गर्ने पार्टीले रूपान्तरण, धक्काको छलाङको गुणात्मक परिवर्तनको प्रक्रियाबाट मात्र हुनसक्छ । यो कुरा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन (अ.क.आ.)का विगत र वर्तमानका अनुभवसँग समेत मेल खान्छ ।

यसका साथै हामी के कुरामा पनि स्पष्ट हुनु जरुरी छ भने निम्नपुँजीपतिवर्गका प्रतिनिधिहरूको बाहुल्य रहेको तथा सुधारवादी कार्यशैलीमा अभ्यस्त रहेको हाम्रोजस्तो पार्टीको संरचनामा यो फड्कोले ठूलो परिवर्तन ल्याउने छ । त्यो त्यति सहल र सरल हुनेछैन, यसका सदस्यहरूको आउने र जाने प्रक्रियाले पार्टीको समग्र वर्गीय संरचनामा नै ठूलो फेरबदल आउन थाल्नेछ । यो प्रक्रिया ठूलाठूला क्षति र उपलब्धिको क्रममा अगाडि बढ्नेछ । यो प्रक्रियामा पार्टीले तर्फाट हुने अनेकौं भुल र कमीकमजोरीहरूको मूल्य रगतले चुकाउनुपर्नेछ ।

छापामार युद्ध प्रारम्भ भइसकेपछि युद्धका आफ्नै नियमअनुसार त्यो उतारचढाव, जीत-हारको निरन्तर प्रक्रियाबाट अगाडि बढ्नेछ । तर, एकपटक विद्रोहको झण्डा उठाइसकेपछि अन्तसम्म नझुकाउने दृढताबिना त्यसो गर्नु जनताप्रति अपराध गर्नु तथा त्यो मालेमाको सिद्धान्तविपरीत हुने कुरालाई ध्यान दिनु पर्दछ ।

वैचारिक अस्त्र, राजनीतिक कार्यदिशा र त्यसलाई प्राप्त गर्ने उपायसहितको कम्युनिस्ट पार्टीले हामीसँग भइसकेपछि बाँकी समस्या भनेको वास्तवमा जनयुद्ध सुरु गर्ने समस्या हो । यस प्रश्नमा स्पष्टताको कमीले सुधारवादबाट मुक्ति सम्भव छैन । 'जनता नै इतिहासका निर्माता हुन्' भन्ने सिद्धान्तप्रति गहिरो विश्वासका साथ सम्पूर्णरूपले जनताका निम्ति गरिने ऐतिहासिक कर्म मूल्याङ्कन जनताले सकारात्मकरूपले गर्ने कुरा इतिहाससिद्ध छ ।

नेपाली जनयुद्धका विकासका सामान्य चरणहरू

१. रणनीतिक चरणहरू

दीर्घकालीन जनयुद्धका आमरूपमा तीन रणनीतिक चरण हुने कुरा जुन क. माओले चिनियाँ क्रान्तिको अनुभवको आधारमा संश्लेषण गर्नुभएको छ, त्यो विश्वव्यापीरूपमा नै लागू हुन्छ।
  • पहिलो चरण : रणनीतिक रक्षा : यसको स्वाभाविक अर्थ कार्यनीतिक आक्रमण हुन्छ र यसको अभिव्यक्ति रणनीतिक भूमिकासहितको छापामार युद्धको रूपमा हुनेछ ।
  • दोस्रो चरण : रणनीतिक शक्तिसन्तुलन : यसको अर्थ जनता र दुस्मनको सैन्यशक्ति रूपान्तरणको विन्दुमा पुग्दछ र छापामार युद्धले कार्यनीतिक तथा मोर्चाबद्ध नियमित युद्धले रणनीतिक चरित्र ग्रहण गर्न थाल्दछ ।

  • तेस्रो चरण : रणनीतिक प्रत्याक्रमण : यसको अर्थ दुस्मन रक्षाको चरण र जनता सैन्य शक्ति आक्रमणको चरणबाट अघि बढ्दै अन्तिम विजय जनताको हुनेछ ।


२. दीर्घकालीन जनयुद्धका उपर्युक्त रणनीतिक चरणका विशेषताहरूमाथि ध्यान दिएर, त्यसअनुसार नेपाली विशेषताका आधारमा कार्यनीतिक चरण निर्धारण गरी युद्धको प्रक्रियामा प्रवेश गरेर नै हामीले नेपाली जनयुद्धका समग्र नियमहरूको उद्घाटन गर्दै जानसक्ने छौं । यस दृष्टिले आजको नेपालको वस्तुगत एवम् आत्मगत अवस्थाबाट निर्धारित चरणहरू निम्नाअनुसार हुनेछन् :

  • पहिलो चरण : जनयुद्धको प्रारम्भका निमित्त अन्तिम तयारीको चरण :
    यसअर्न्तर्गत हामी सशस्त्र सङ्घर्ष सुरु गर्ने प्रक्रियामा प्रवेश गर्नेछौं । छापामार युद्ध प्रारम्भ गर्ने न्यूनतम व्यावहारिक र सङ्गठनात्मक तयारीको कामलाई योजनाबद्ध अभियानका रूपमा पूरा गरिनेछ । यसमा समग्रयुद्ध (TOTAL WAR) का विशेषतामाथि ध्यान दिँदै भित्री र बाहिरी क्रियाकलापलाई एउटै उद्देश्यमा मात्र प्रयोग गरिनेछ- जनताको क्रान्तिकारी राजनीतिक सत्ताका निमित्त छापामार युद्धको प्रारम्भ गर्नु ।

  • दोस्रो चरण : छापामारयुद्धको प्रारम्भको चरण :
    यसअर्न्तर्गत केन्द्रीय सैन्य योजनाअनुसार देशव्यापीरूपमा नै छापामार कारबाहीहरूको प्रारम्भ गरिनेछ । यस चरणमा सङ्गठनको प्रमुख रूप लडाकुदल र सङ्घर्षको प्रमुख रूप छापामारकारबाहीलाई व्यावहारिक अभिव्यक्ति दिइनेछ । जनताको नयाँ जनवादी सत्ताको स्थापना र सशस्त्र सङ्घर्षको अनिवार्यताको प्रचार सशस्त्र ढङ्गले गर्नु यस चरणको प्रमुख उद्देश्य हुनेछ । निश्चित रणनीतिक इलाकाहरूलाई विशेष योजनाका साथ लगिए पनि यतिबेला पनि इलाका कब्जा गरिनेछैन । सामन्त, जमिन्दार, पुलिस-प्रशासन, दलाल एवम् नोकरशाहहरूका विरुद्ध स्थितिअनुसारका विभिन्न स्तरका कारबाहीहरू गरिनेछ ।

  • तेस्रो चरण : छापामार इलाकाहरू कायम गर्न छापामार युद्धको विकास गर्ने चरण :
    यसअर्न्तर्गत देशका रणनीतिक इलाकाहरूलाई छापामार इलाकामा बदल्ने उद्देश्य पूरा गर्न छापामार कारबाहीहरू तीब्र गरिनेछ । छापामार इलाकाहरूलाई केन्द्रमा राखी चारैतिर कारबाहीका इलाकाहरू कायम गर्ने र तिनमा विशुद्ध हान र भाग (Hit and Run) को कार्यनीति अवलम्बन गरिनेछ । सङ्घर्षका अन्य रूपहरूका साथै यस चरणमा विशेषरूपले क्बदयतबनभ का कामहरूलाई तीव्र पारिनेछ ।

  • चौथो चरण : छापामार इलाकाहरूलाई आधार इलाकामा बदल्ने चरण :
    तत्कालीन राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति एवम् जनताको सैन्य शक्तिको अवस्था हेरी आधारइलाका कब्जा गर्ने प्रश्नमा शक्ति केन्द्रित गरिनेछ । आधार इलाकाबिना दीर्घकालीन जनयुद्धको विजय असम्भव छ भन्ने सिद्धान्तको व्यावहारिक अभिव्यक्ति दिइनेछ ।


त्यसपछि आधारइलाका सुदृढ र विस्तार गर्दै रणनीतिक सन्तुलन र रणनीतिक प्रत्याक्रमणको दिशामा अघि बढ्ने प्रक्रिया अपनाइनेछ र त्यसका ठोस चरणहरूबारे अहिले नै निर्धारण गर्नु सम्भव हुँदैन । उपर्युक्त चार चरणको सङ्घर्षको वस्तुतिस्थतिले पछिल्लो कार्यनीतिक चरणहरूको ठोस अभिव्यक्ति दिनेछ ।
हामी यहाँ के कुरामा स्पष्ट हुनु पर्दछ भने प्रत्येक चरणमा सङ्घर्षका अन्य रूपहरू पनि लगातार अगाडि बढाउने प्रयत्न जारी रहनेछ, प्रत्येक चरणमा युद्धका आफ्नै नियमअनुसारका उतारचढाव 'अप्रत्यासित' क्षति र उपलब्धिको बीचबाट अगाडि बढ्नेछ । माथि उल्लिखित प्रत्येक कामको ठोस योजना बनाई कार्यान्वय गर्ने कामको पहल केन्द्रीय समितिले गर्नेछ ।

सशस्त्र सङ्घर्षको प्रारम्भिक सङ्गठनात्मक स्वरूपबारे

हाम्रो आजको प्रारम्भिक स्थितिमा सशस्त्र सङ्घर्ष सुरु गर्नैका लागि पार्टीको नेतृत्वमा निम्नअनुसारको सङ्गठनात्मक नीति अवलम्बन गरिनेछ :
  • पार्टीको प्रत्यक्ष नेतृत्वमा केन्द्र, क्षेत्र एवम् जिल्ला समितिसम्म सैनिक आयोगको गठन गर्ने । यस प्रकारका सैनिक आयोगहरू सम्बन्धित स्तरको पार्टीलेमितिले नै गठन गर्नेछ । सबै स्तरका आयोगहरूको आफ्नै अलग कार्यालय हुनेछ ।

  • पार्टीकोन्द्रको प्रत्यक्ष नेतृत्वमा विशेष क्षेत्रीय कमाण्डको स्थापना गरिनेछ ।

  • प्रत्येक जिल्ला सैनिकआयोगका सिफारिसमा जिल्ला समिति सैनिक आयोगमार्फ् आफ्नो निर्णय र निर्देशनअनुसार चल्ने लडाकु दलहरूको गठन गर्नेछ ।

  • प्रत्येक एरिया समितिहरूले आफ्नो निर्देशनमा चल्ने सुरक्षा दलहरूको गठन गर्नेछन् ।

  • विशेषस्थितिबाहेक सामान्यतः प्रत्येक पार्टीकोलले आफ्नो नेतृत्वमा चल्ने स्वयम्सेवक दलहरूको गठन गर्नेछन् ।

  • लडाकु दलहरूमा राजनीतिक आयुक्त र दल नेताको डबल नायक प्रणाली लागु गरिनेछ । तर, सुरक्षादल र स्वयम्सेवक दलका लागि भने एक मात्र नायक हुनेछन् ।

लडाकु दलको गठन, कामकारबाही र प्रशिक्षणको प्रकृति

यो क्रमशः प्लाटुन, कम्पनी हुँदै नियमित सेनाका रूपमा अघि बढ्ने सधानका रूपमा हुनेछ । त्यसैगरी सुरक्षा दल सङ्गठित मिलिसियाका रूपमा विकास गर्ने उद्देश्यअनुरूप हुनेछ भने स्वयम्सेवकदल आम जनतालाई सशस्त्र पार्ने दिशामा अघि बढ्नेछ ।

उपर्युक्त व्यवस्थाअनुसारको सङ्गठन र गतिविधिले सिङ्गो पार्टीलाई स्तरअनुसार कुनै न कुनै रूपमा दलहरूलाई सञ्चालन गरी आफूलाई प्रत्यक्षरूपमा जनयुद्धमा सहभागी गराउने सुनिश्चितता गर्दछ । यो व्यवस्थाले पार्टीलेन्दुक चलाउँछ र कुनै पनि हालतमा बन्दुकले पार्टीलेलाउँदैन भन्ने कुरालाई स्पष्ट प्रतिविम्बन गर्दछ । साथै यो व्यवस्थाले सशस्त्र सङ्घर्ष मुठ्ठीभर वीरहरूको काम होइन, आम जनताको युद्ध हो भन्ने तथ्यलाई पनि राम्रोसँग प्रतिनिधित्व गर्दछ ।

उपयु्क्त व्यवस्थाअनुसार सङ्गठनात्मक कामको स्पष्ट र विस्तृत योजना एवम् निर्देशिका केन्द्रीय समितिले तयार पारी सम्बन्धित पार्टीलेमिटी र सदस्यहरूलाई प्रशिक्षणको व्यवस्था मिलाउनेछ ।

त्यसैगरी छापामार युद्धका कारबाहीका रूपहरू, प्रशिक्षण, हातहतियारको सङ्कलनलगायत तमाम प्राविधिक कुराहरूका सम्बन्धहरूमा यसै दस्तावेजका आधारमा केन्द्रीय समितिले आवश्यक नीति र योजना बनाई कार्यान्वयन गर्नेछ ।

« फिर्ता