ऐतिहासिक सम्भावना र चुनौती
(वर्तमान परिस्थिति र नेपाली सर्वहारावर्गको ऐतिहासिक कार्यभार )
- वर्तमान परिस्थितिबारे (वस्तुगत)
- वर्तमान परिस्थितिबारे (आत्मगत)
- आगामी योजना र कार्यभारबारे
क) वर्तमान परिस्थितिबारे (वस्तुगत)
- केन्द्रीय समितिको गत बैठकयताको साढे तीन महिनामा देशको राजनीति अत्यन्त तीव्र र घनीभूतरूपले नयाँ ध्रुवीकरणतिर अगाडि बढिरहेको छ । पार्टी केन्द्रिय कार्यालयका तर्फबाट गरिएको देशव्यापी प्रशिक्षण, देशका सबै प्रमुख सहर एवम् मुख्यतः काठमाडौंमा आयोजित विशाल जनसभाहरू तथा वार्ताको टेबलमा वार्ताटोलीले गरिरहेको जिम्मेवारपूर्ण पहल र बालुवाटारमा गएर केन्द्रीय कार्यालयले गरेको आठबुँदे सहमतिसमेतले हाम्रो गौरवशाली पार्टीलाई नयाँ नेपालको नेतृत्वकर्ताका रूपमा सुस्पष्ट ढङ्गले स्थापित गराएको छ । सर्वहारावर्गको नेतृत्वमा अगाडि बढेको उपर्युक्त प्रकारको तीब्र राजनीतिक पहलकदमी र त्यसप्रति ग्रामीण जनसमुदायको मात्र नभएर सहरिया जनसमुदायको समेत समर्थन र आकर्षाको बढ्दो लहरले देशभित्र र बाहिरका प्रतिक्रियावादी एवं अवसरवादीहरूका अगाडि स्वभाविकरूपले अस्तित्व रक्षाको गम्भीर चुनौती खडा गरायो । वस्तुतः बालुवाटारको आठबुँदे सहमतिसम्म पुग्दा नेपाली राजनीतिमा भइरहेको वैदेशिक प्रतिक्रियावादी हस्तक्षेप र षडयन्त्रका विरुद्ध नेपाली सर्वहारावर्ग र उसको गौरवशाली राजनीतिक अग्रदस्ता ने.क.पा.(माओवादी)ले आफ्नो राजनीतिक श्रेष्ठतालाई निकै वैज्ञानिक र कलात्मक ढङ्गले सावित गर्न सफल भयो । यो सफलताले अन्ततः नेपाली जनताको स्वाभिमानको विजय तथा वैदेशिक प्रतिक्रियावादी र तिनका पिछलग्गुहरूको पराजयलाई व्यक्त गर्दछ ।
- २१ औं शताब्दीको पहिलो दशकमा, नेपालमा विकास भइरहेको सर्वहारावर्गीय राजनीतिक श्रेष्ठता र पहलकदमीबाट उत्तेजित र भयभीत साम्राज्यवादी तत्त्वहरूले नेपाली जनताको लोकतन्त्र, शान्ति र अग्रगमनको ऐतिहासिक दस्तावेजका रूपमा अगाडि आएको आठबुँदे सहमतिका विरुद्ध खुलेआम हमला गरे र अहिले पनि गरिरहेका छन् । अमेरिकी साम्राज्यवादका तर्फबाट विशेषरूपले अगाडि बढाइएको त्यसप्रकारको हमलामा भारतीय शासकवर्ग पनि समेल भयो र तिनका नेपाली दलाल र पिछलग्गुहरूले पनि घुँडा टेक्दै गए । आठबुँदे सहमतिको मसी सुक्न नपाउँदै प्रमुख संसदवादी दल र तिनका हस्ताक्षरकर्ता नेता समेतबाट सहमतिको मर्म र भावनाविपरीत अभिव्यक्तिहरू सार्वजनिक हुन सुरु गर्नका पछाडि वैदेशिक शक्तिकेन्द्रका अगाडि उनीहरूको आत्मसमर्पण रहेको तथ्य स्पष्ट हुँदै गयो । ने.का.का गिरिजाप्रसाद कोइराला र एमालेका के.पी. ओली समेतको त्यसप्रकारको आत्मसमर्पण त्यतिबेला सर्वाधिक उदाङ्गो भयो जतिबेला उनीहरूले लुकीछिपी र षडयन्त्रको तरिका अपनाएर, १२ बुँदे, आठबुँदेको मर्म र ऐतिहासिक आन्दोलनको जनादेश विपरीत माओवादी सेनालाई हतियारबाट अलग्याउन अनुरोध गर्दै राष्ट्र संघलाई पत्र लेखे । यथार्थमा त्यो पत्रले नेपाली जनताको लोकतन्त्र, शान्ति र अग्रगमनको आकाङ्क्षामाथि भयानक विश्वासघात र ने.क.पा.(माओवादी) सँगको सहयात्रालाई अन्त गरी वैदेशिक शक्तिकेन्द्र र पुनः सामन्ती राजतन्त्रसँग सहयात्रा सुरु गर्ने प्रमुख संसदवादी दलहरूको घोषणालाई प्रतिनिधित्व गर्दछ । राजनीतिक दृष्टिले उपर्युक्त पत्रको अन्तरवस्तु भनेको संविधानसभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको विरोध सिवाय अरु केही होइन ।
- उपर्युक्त षडयन्त्रमूलक पत्रका विरुद्ध हाम्रो पर्टीले गरेको प्रतिवाद र त्यसअनुसार संयुक्त राष्ट्र सङ्घलाई लेखिएको पत्र, आठबुँदे सहमति कार्यान्वयन गर्न नागरिक समाजहरूका तर्फबाट दिइएको दबाब तथा दुबै पक्षको सहमति नभए संयुक्त राष्ट्र सङ्घले कुनै भूमिका खेल्न नसक्ने तथ्य समेतका कारण बाध्य भएर वैदेशिक शक्तिकेन्द्रकै निर्देशनमा पाँचबुँदे सहमतिमा उनीहरू आए । तर, सात राजनीतिक दलको सरकारका तर्फबाट गरिएको यो पाँचबुँदे सहमति राष्ट्र सङ्घलाई आफूले एकलौटीरूपमा लेखेको अघिल्लो पत्रको गल्ती सच्याउने उद्देश्यद्वारा होइन अपितु ने.क.पा.(माओवादी)लाई झुक्याएर फसाउने कुटिल मनसायद्वारा प्रेरित भएको तथ्य त्यसपछिका गिरिजाप्रसाद कोइरालाका अभिव्यक्तिहरूले स्पष्ट गरेका छन् । हातहतियारसहितका माओवादीलाई राजनीतिक दलको मान्यता दिन नसकिने, अन्तरिम सरकारमा सामेल नगराउने तथा संसद विघटन नगरिने जस्ता गिरिजाप्रसाद कोइरालाका बहुलठ्ठीपूर्ण सार्वजनिक अभिव्यक्तहरूले त्यो तथ्यमा कुनै शङ्का रह“दैन । यसप्रकारका अभिव्यक्तिका साथै यस बीचमा सरकारले सामन्ती दरबारको धर्मपुत्र, निरङ्कुश राजतन्त्रको प्रबल पहरेदार र लोकतान्त्रिक आन्दोलनको प्रमुख दमनकर्तालाई पुरानो सेनाको प्रमुखमा पदोन्नति गरेर आफ्नो नयाँ रणनीतिलाई स्पष्ट पारेको छ । सरकारले यो नयाँ रणनीति आफ्नो वर्गचरित्रका कारण मात्र नभएर साम्राज्यवाद र वैदेशिक प्रतिक्रियावादको इसारामा नेपाली जनताको लोकतान्त्रिक गणतन्त्रको आकाङ्क्षाको गला रेट्नका निमित्त अगाडि बढाइरहेको तथ्यले यसको गम्भीरतालाई दर्शाउँछ ।
- ०७ साल वरिपरिबाट नेपालको प्रतिक्रियावादी सत्तामा हिस्सेदारीका लागि सामन्त, दलाल, नोकरशाही पुँजीपतिवर्गका बीचमा चर्को अन्तरविरोध रहँदै आएको छ । सत्तामा आफ्नो हिस्सालाई प्रबल तुल्याउनका लागि सामन्ती तत्वहरूले राष्ट्रियता र देशभक्तिको नारा दिएर जनताको उपयोग(दुरूपयोग) गर्ने तथा दलाल तथा नोकरशाही पुँजीपतिहरूले लोकतन्त्रको नारा दिएर जनताको उपयोग गर्ने गरेको तथ्य इतिहाससिद्ध नै छ । सत्तामा आफ्नो हिस्सा प्रबल हुने निश्चित भएपछि दुवैले एकअर्कालाई गला लगाउनु उनीहरूको वर्गचरित्रको अभिन्न अङ्ग हो । विगत लामो समयसम्म नेपाली कम्युनिष्ट आन्दोलनको एउटा हिस्सा राष्ट्रियता र देशभक्तिका नाममा सामन्ती राजतन्त्रको तथा अर्को हिस्सा लोकतन्त्रका नाममा दलाल पुँजीपति अर्थात् साम्राज्यवाद-वैदेशिक प्रतिक्रियावादको पिछलग्गु बन्न पुगेको तथ्य स्पष्टै छ । सर्वहारावर्गको स्वतन्त्र रणनीति र कार्यनीतिका आधारमा पुँजीवादी जनवादी क्रान्तिको नेतृत्व गर्न नसक्नुका पछाडि कम्युनिस्ट आन्दोलनमा हावी रहेको त्यही दक्षिणपन्थी पुच्छरवादी समस्या मुख्य थियो ।
ने.क.पा.(एकताकेन्द्र) हुँदै ने.क.पा.(माओवादी)को विकास अन्ततः आफ्नो सरतत्वमा त्यही दक्षिणपन्थी पुच्छरवादका विरुद्ध विचारधारात्मक संघर्षमा विजयको परिणाम थियो । सर्वहारावर्गको स्वतन्त्र विचार, रणनीति र कार्यनीतिको विकास गर्न सकेकै कारण ने.क.पा.(माओवादी) ले जनयुद्धको पहल र दश वर्षम्म निरन्तर त्यसलाई विजयी बनाइराख्न सकेको हो ।
महान् जनयुद्धको पहिलो पाँच वर्षराष्ट्रियता र दरबार हत्याकाण्डपछिको दोस्रो पाँच वर्षलोकतन्त्रका पक्षमा जोड दिएर हाम्रो पर्टीले सर्वहारावर्गको स्वतन्त्र कार्यनीतिको परिचय दिइसकेको छ । आफ्नो प्रतिक्रियावादी वर्गचरित्रका कारण सामन्तमात्र होइन दलाल पुँजीपतिवर्ग समेत सर्वहारावर्गको वैचारिक स्वतन्त्रता र कार्यनीतिको श्रेष्ठतालाई अवमूल्यन गर्ने गर्दछन् । १२ बुँदे समझदारीमार्फ् नेपाली जनता र नेपाली सर्वहारावर्गलाई सत्तामा पुग्ने भर्याङ्गकारूपमा प्रयोग गर्नेबाहेक प्रमुख संसदवादी दल र तिनका वैदेशिक मालिकहरूको अर्को स्वार्थ नभएको तथ्य स्पष्ट भइनै सकेको छ । यसपटक १२बुँदे समझदारीले संसदवादीहरूलाई क्षणिकरूपमा पुरानो सत्तामा अवश्य पुर्याएको छ । तर, वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय समस्या समाधान गर्ने गरी राज्यको पर्ुनर्संरचना गर्ने तथा संविधानसभामार्फ् लोकतान्त्रिक गणतन्त्रको आमूल परिवर्तनकारी राजनीतिक चेतनाद्वारा आम नेपाली जनतालाई सशस्त्र पार्ने मूल्य चुकाएर मात्र नेपाली जनताको लोकतन्त्र, शान्ति र अग्रगमनको आकाङ्क्षामाथि विश्वासघात (विगतमा झैं) गर्ने प्रमुख संसदवादीहरूका लागि त्यो मूल्य धेरै चर्को पर्ने कुरा निश्चित छ ।
- विश्व साम्राज्यवादको नाइके हुनुका नाताले १२बुँदे समझदारीबाट सामन्त, नोकरशाह र दलाल पुँजीपतिवर्गलाई भन्दा उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका श्रमजीवी जनसमुदाय तथा तिनको नेतृत्व गर्ने ने.क.पा.(माओवादी)लाई बढी राजनीतिक लाभ पुग्ने कुरा अमेरिकी साम्राज्यवादले सबैभन्दा राम्रो वा नराम्रोसँग बुझेको थियो । उसको चाहना सुरुदेखि नै राजा वा संसदवादी जसको नेतृत्वमा भए पनि नेपाली जनक्रान्तिको दमन मुख्य कुरा थियो । पछिल्लो आठबुँदे सहमति त साम्राज्यवादीहरूका लागि १२बुँदेभन्दा धेरै 'खतरनाक' छ जसले समाजको आमूल परिवर्तन र माओवादी सत्तातिर डोर्याउँछ । अतः अमेरिकी साम्राज्यवादले भारतीय विस्तारवादी शासकवर्गलाई अगाडि सारेर पुरानो सेना र राजालाई समेत विश्वासमा लिई नेपाली जनताको शान्ति र गणतन्त्रको आकाङ्क्षामाथि कुठाराघात गर्ने खेल सुरु भइसकेको छ । प्रमुख संसदवादीहरूको काँधमा पुरानो शाही सेनाको बन्दुक राखेर नेपाली जनताको शान्ति, स्वतन्त्रता र प्रगतिका विरुद्ध पड्काउने रणनीतिमा साम्राज्यवादी र अन्य वैदेशिक प्रतिक्रियावादी योजनाबद्धरूपमा अगाडि बढिसकेका छन् । ने.क.पा.(माओवादी)सँग आठबुँदे सहमतिमात्र होइन १२ बुँदे समझदारी कायम गर्नुसमेत गलत भएको निष्कर्षा वैदेशिक प्रतिक्रियावादी र प्रमुख संसदवादी तत्त्वहरू पुग्दै गएका छन् । आज ने.क.पा.(माओवादी) र लोकतान्त्रिक गणतन्त्रका पक्षमा राजधानीदेखि देशका सबै प्रमुख सहरहरूमा समेत फैलिएको जनसमर्थनको लहर उनीहरूको त्यो निष्कर्षो आधार हो ।
- नेपाली जनक्रान्ति र त्यसको नेतृत्व गर्ने ने.क.पा.(माओवादी)का विरुद्धको उपरोक्त निष्कर्षाई कार्यान्वयन गर्न वैदेशिक प्रतिक्रियावादले आफ्ना नेपाली दलालहरूलाई निम्न कार्यनीति अपनाउन निर्देशन गरिरहेका छन् :
क) हतियार नबुझाएसम्म ने.क.पा.(माओवादी) लाई कुनै राजनीतिक मान्यता नदिने । यो निर्देशन १२ बुँदे समझदारी र आठबुँदे सहमतिका विरुद्धमात्र होइन नेपाली जनताको लोकतन्त्र, शान्ति र अग्रगमनका विरुद्ध गम्भीर षडयन्त्रसमेत भएको कुरा माथि स्पष्ट गरिसकिएको छ ।
ख) ने.क.पा.(माओवादी)लाई बदनाम गर्नका लागि नियोजित प्रचार अभियान सञ्चालन गर्नु । यसअन्तर्गत भए/नभएका साना-ठूला घटनाहरूलाई रङ्गरोगन लगाएर दुष्प्रचार गरी जनताको दिमागलाई प्रदूषित गर्ने प्रयत्न प्रमुख रहेको छ ।
ग) नेपाली जनताको एकतालाई टुटाउन अनेक षडयन्त्रहरू गर्नु । यसअन्तर्गत जातीय र क्षेत्रीय विद्वेष फैलाउनु, ध्वंसात्मक क्रियाकलाप र लुटपाट मच्चाउनु, व्रि्रोहका नाममा ने.क.पा.(माओवादी) र जनताका विरुद्ध हत्या, आतङ्क र गुण्डागर्दी फैलाउनु, जनतालाई भ्रम दिन कथित विकासनिर्माणका कुरा गर्नु आदि पर्दछन् । यस सन्दर्भमा कथित तर्राई जनतान्त्रिक मोर्चाका नाममा भइरहेको आतङ्क विशेष गम्भीर रहेको छ ।
घ) षडयन्त्रमूलक ढङ्गले क्रान्तिकारी कार्यकर्ता र नेताहरूको हत्या गर्ने ।
- राजनीतिक घटनाक्रमको उपर्युक्त विकासले यो सैद्धान्तिक मान्यतालाई पुनः स्पष्ट गरेको छ कि संसदवादको वकालत गर्ने दलाल पुँजीपतिहरू सामन्तवादका विरुद्ध निर्णायक संघर्ष नगर्ने मात्र होइन सत्ताको अंशवण्डा मिलाएर ऊसँग साँठगाँठ गर्नमा नै तल्लीन रहन्छन् । यसका विपरीत सामन्ती तत्त्वहरूले राष्ट्रियता र देशभक्तिको जतिसुकै कुरा गरे पनि साम्राज्यवादका अगाडि घुँडा टेक्नु उसको वर्गीय विशेषता हुने गर्दछ । पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णतासम्म पुर्याउने नेतृत्वको ऐतिहासिक दायित्व सर्वहारावर्गको काँधमा रहेको तथ्य आजको नेपाली सन्दर्भमा अझ सशक्तरूपमा प्रमाणित भइरहेको छ । आज प्रमुख संसदवादी दल र तिनका नेताहरूको लोकतन्त्र त्यति नै पाखण्डी र निरङ्कुश सिद्ध भइसकेको छ जति सामन्ती राजाहरूको राष्ट्रियता र देशभक्तिको राग पाखण्डी र राष्ट्रघाती हुनेगरेको छ । इतिहासले एकपटक फेरि सर्वहारावर्गले मात्र राष्ट्रियता र लोकतन्त्रको अविभाज्य वैज्ञानिक सम्बन्धलाई आत्मसात गरी पुँजीवादी जनवादी क्रान्तिलाई निर्णायक विजयको स्तरसम्म नेतृत्व गर्नसक्ने तथ्यलाई प्रदर्शित गरेको छ ।
ख) वर्तमान परिस्थितिबारे (आत्मगत)
अ) सबल पक्ष
- केन्द्रीय समितिको ऐतिहासिक चुनवाङ्ग वैठकका विचार र भावनाका आधारमा आज हाम्रो पार्टी केन्द्रियरूपले देशकै सर्वाधिक स्पष्ट र एकताबद्ध पर्टीले रूपमा जनसमुदायको हृदय जितेर अगाडि आइरहेको छ । चुनवाङ्ग वैठकका विचार, रणनीति र कार्यनीति तथा तिनका आधारमा विकसित सङ्गठनात्मक र भावनात्मक एकताले नै आज हाम्रो पार्टीलाई देशकै नेतृत्वका रूपमा स्थापित गराउन पुगेका छन् । भर्खरै केन्द्रीय कार्यालय समेतको उपस्थितिमा सम्पन्न देशव्यापी राजनीतिक प्रशिक्षणले चुनवाङ्गका विचार र भावनालाई अझ दृढतापूर्वक संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । वैचारिक-राजनीतिक स्पष्टता, जनदिशा, शुद्धीकरणका आधारमा पर्टीलेकता र जनसम्बन्धलाई सुदृढ गर्नुमा चुनवाङ्ग वैठकको ऐतिहासिकता लुकेको छ । चुनवाङ्गको भावनालाई जति दह्रोसँग आत्मसात गर्नसक्यो र जति दृढतापूर्वक कार्यान्वयन गर्न सक्यो जनक्रान्तिमा त्यति नै पर्टीले सफल नेतृत्व गर्न सक्दछ । सिङ्गो पर्टीलेक्तिले यो सच्चाइलाई स्थापित गर्न एकदुईपटक होइन सयौंपटक र निरन्तर जोड लगाउन आवश्यक छ ।
- ऐतिहासिक जनआन्दोलनपछि बसेको के.स. को वैठकका निर्णय अनुसार राजधानीदेखि देशका सबै प्रमुख सहर र जिल्ला सदरमुकामहरूमा सङ्गठन विस्तारको प्रक्रिया निरन्तर अगाडि बढेको छ । काठमाडौंको ऐतिहासिक जनसभादेखि देशका विभिन्न प्रमुख सहरहरूमा सम्पन्न विशाल र सफल जनसभासम्म तथा बालुवाटारको ऐतिहासिक पहलकदमीले सहर-बजारमा संगठन विस्तारका लागि गुणात्मक आधार तयार पारेको छ । यससन्दर्भमा विभिन्न जनवर्गीय सङ्गठनहरूका भेला-सम्मेलनका तयारीसँगै सङ्गठन विस्तारको लहर चलिरहेको छ । विभिन्न जातीय र क्षेत्रीय मोर्चाहरूको भेला-सम्मेलन तथा सङ्घात्मक लोकतान्त्रिक गणतन्त्रको पक्षमा भइरहेको पहलले नयाँ राष्ट्रिय एकताको सङ्गठनात्मक र भावनात्मक आधार तयार पार्दै लगेको छ । सहर-बजारमा मजदुर र विद्यार्थी मोर्चाको सङ्गठनात्मक विकासप्रक्रिया विशेष उल्लेखनीय रहेको छ ।
- सबै कमाण्डस्तरीय र क्षेत्रीय कार्यालयका तर्फबाट भइरहेको राजनीतिक पहल र मुख्यतः केन्द्रीय कार्यालय र वार्ताटोलीका तर्फबाट राजधानीमा भइरहेको राजनीतिक पहल र हस्तक्षेपको प्रक्रियाले व्रि्रोहका लागि आत्मगत तयारीलाई ठूलो सहयोग पुर्याइरहेको छ । केन्द्रदेखि विभिन्न स्तरमा बाह्य र आन्तरिक प्रकाशन, प्रचार र प्रसारणलाई व्यवस्थित पार्न भइरहेका नयाँ पहलहरूले प्रचार क्षेत्रको आत्मगत तयारीलाई अगाडि बढाइरहेका छन् । राजनीतिक हस्तक्षेप र प्रचारप्रसारको यो प्रक्रियालाई अझ प्रभावकारी, योजनाबद्ध र घनिभूत तुल्याउन आवश्यक छ ।
- यसबीचमा सम्पन्न कम्पोसाको सम्मेलन र रिम कमिटीको वैठकमा पर्टीले लिएको सक्रिय वैचारिक र सङ्गठनात्मक पहलका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यमान कैयौं भ्रम र अस्पष्टतालाई स्पष्ट गर्दै पर्टीले विचारधारात्मक संघर्षलाई नयाँ उचाइमा उठाउन योगदान गरेको छ ।
आ) दुर्बल पक्ष
- देशको राजनीतिक परिस्थिति, शान्तिवार्ता र विपक्षीहरूसँगको राजनीतिक अन्तरक्रियाको संवेदनशीलतालाई ठीकढङ्गले बुझ्ने, तिनलाई सबैतिर एकरूपताका साथ परिचालन गर्ने कुराको कमी यसबीचमा सबैभन्दा खड्कन पुग्यो । कतिपय अवस्थामा अनावश्यक उदारता र कतिपय अवस्थामा अनावश्यक सङ्कीर्णताले पर्टीले राजनीतिक श्रेष्ठता स्थापित गर्न, संगठन विस्तार गर्न र जनसम्बन्ध सुदृढ गर्न समस्या देखिने गरेको छ । विचारधारात्मक र राजनीतिक बहसका निमित्त योग्यताको कमी क्षेत्रदेखि तल आमरूपमा देखापरेको छ र यो कमीको भरपाई बलप्रयोग र धम्कीद्वारा गर्नखोज्ने प्रवृत्ति अत्यन्त हानिकारक रहेको तथ्य बुझ्नु र बुझाउनु महत्त्वपूर्ण काम हुनेछ । विचारधारात्मक र राजनीतिक योग्यता बृद्धि गर्न मेहनत गर्नु तथा तत्काल त्यो कमीको भरपाई विनम्रता र जनसेवाद्वारा गर्न सबै स्तरका कमिटी र सदस्यहरूलाई प्रेरित गर्न जरुरी छ । गाउँघर र दूरदराज इलाकामा हुने अत्यन्त सानातिना बलप्रयोग र धम्कीका घटनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रचार गरेर हाम्रो पर्टीले बदनाम गर्ने साम्राज्यवादी रणनीतिका पृष्ठभूमिमा यो पक्षमा सिङ्गो पर्टीले्क्ति विशेष सतर्क रहनु पर्दछ ।
- कतिपय क्षेत्रमा पर्टीले चुनवाङ्ग भावना विपरीत गुटबन्दी देखापर्नु र त्यसप्रकरको गुटबन्दी सार्वजनिक कुटपिटमा समेत व्यक्त हुनु जति गम्भीर छ, त्यति नै गम्भीर समस्या सर्वहारावादी दृष्टिकोणका आधारमा जातीय समस्या हल गरी नयाँ राष्ट्रिय एकता निर्माण गर्ने पर्टीले नीति विपरीत जातीय विभाजन, विखण्डन र विद्वेष फैलाउने पुँजीवादी दृष्टिकोण रहेको छ । पर्टीले त्यसप्रकारको निवर्गीय जातीय विद्वेष फैलाउने सङ्कीर्ण पुँजीवादी प्रवृत्तिका विरुद्धको संघर्षलाई दृढतापूर्वक अगाडि बढाउन जरुरी छ । सर्वहारावर्गको विचार र नेतृत्वबाहेक जातीय मुक्ति र एकताको अर्को विकल्प नरहेको ऐतिहासिक सच्चाइद्वारा सिङ्गो पर्टीले पङ्क्ति र आम जनसमुदायलाई लगातार प्रशिक्षित गर्नु व्रि्रोहको वर्तमान चरणमा विशेष आवश्यक र महत्त्वपूर्ण छ ।
- प्रकाशन, प्रचार र प्रसारणलाई एकीकृत, केन्द्रीकृत र योजनाबद्ध पारेर व्रि्रोहको तयारी गर्ने काम अझै व्यवस्थित हुनसकेको छैन । प्रकाशनको क्षेत्रमा बजारु र अराजक प्रवृत्तिका विरुद्ध संघर्षलाई बढाएर पर्टीले नीतिअनुसार व्यवस्थित गर्न जोड लगाउनु पर्दछ ।
- नयाँ आवश्यकताअनुसार शक्तिविन्यास र कार्यविभाजनलाई अझ परिमार्जन र व्यवस्थित पार्न जरुरी छ ।
- अहिले देशभरि हाम्रो पर्टीले पक्षमा लहर चलिरहेको अवस्थामा पर्टीलेसेना वा अन्य जनसङ्गठनमा दुश्मनको सचेत घुसपैठ हुने तथा जालीफटाहा, पुराना पञ्चमण्डले तथा अन्य प्रतिक्रियावादीहरू प्रवेश गरेर पर्टीले वर्गचरित्र बदल्ने, आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्ने, उत्तेजनात्मक कामकार्वाहीद्वारा पार्टीलाई बदनाम गराउने तमाम षडयन्त्रप्रति विशेष सतर्कता अपनाउन जरुरी छ । यसका निमित्त एकातिर 'दुस्मनको घुसपैठप्रति सतर्क बन र अर्कातिर दृढता र शाहासपूर्वक बढीभन्दा बढी जनसमुदायलाई सङ्गठित गर' भन्ने नीति अपनाउन पर्दछ ।
ग) आगामी योजना र कार्यभारबारे
- देशभित्र व्यापक जनमतका बाबजुद वार्ताको टेबलबाट शान्तिपूर्ण ढङ्गले राज्यको पुर्नसंरचना, संविधानसभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव नभएको तथ्यलाई माथिको वस्तुगत र आत्मगत परिस्थितिको विश्लेषणले स्पष्ट गर्दछ । सामन्त र दलाल-नोकरशाही पुँजीपतिवर्गको हितलाई अत्याधिक स्पष्टताका साथ प्रतिनिधित्व गर्ने वैदेशिक प्रतिक्रियावादी शक्तिहरूको हस्तक्षेप र त्यसका अगाडि घुँडा टेक्ने प्रमुख संसदवादी दलहरूको आत्मसमर्पणवादी चरित्रका कारण नै जनचाहनाअनुसार वार्ताको टेबलबाट शान्तिपूर्ण निकास असम्भव हुँदै गएको हो । एकातिर सामन्त, नोकरशाह, दलाल पुँजीपतिवर्गको हित र अर्कातिर आम नेपाली जनताको हितका बीचमा अत्यन्त निर्णायक र संवेदनशील द्वन्द्वमा अहिलेको वार्ताप्रक्रिया गुज्रिरहेको छ । यो स्थिति लामो समय रहन सक्दैन र रहन दिनु पनि हुँदैन । वार्ताप्रक्रिया जति लम्बिदै गयो प्रतिक्रियावादी वर्गले सत्तामा आफ्नो पकडलाई त्यति नै सुदृढ गर्ने मौका पाउँछ । त्यसको ठीक विपरीत वार्ताप्रक्रिया जति तीब्र र घनिभूत पार्न सक्यो त्यति नै यो नेपाली जनताको हितमा हुनेछ । यो वस्तुगत तथ्यलाई बुझेर नै प्रतिक्रियावादीहरूले जतिसक्यो त्यति प्रक्रिया लम्ब्याउने रणनीति अपनाइरहेका छन् । यही वस्तुगत तथ्यलाई आत्मसात गरेर सर्वहारावर्ग र आम नेपाली जनताका तर्फबाट प्रक्रियालाई तीब्र तुल्याई जतिसक्यो त्यति छिटो टुङ्गोमा पुग्ने रणनीति अपनाउनु पर्दछ ।
- वार्ताप्रक्रियालाई तीब्र तुल्याउने र जनताका पक्षमा सकारात्मक राजनीतिक निकासका लागि प्रतिक्रियावादीहरूलाई बाध्य पार्ने सर्वहारावर्ग र आम जनताको हतियार भनेको सडकबाट गरिने व्यापक प्रतिरोधमूलक जनदबाब नै हो । व्यापक जनदबाबपछि मात्र ७ दलको सरकार १/२ कदम चल्ने गरेको तथ्य पनि विगत तीन महिनामा पटक-पटक प्रमाणित भएको छ । अतः सर्वहारावर्गको पर्टीले देशव्यापी जनदबाव सृष्टि गरी वार्ताप्रक्रियालाई यथासक्य शीघ्र निष्कर्षा पुर्याउन बाध्य पार्ने नीति अपनाउन जरुरी छ ।
यहा“ ध्यान दिनुपर्ने अत्यन्त महत्त्वपूर्ण प्रश्न यो छ कि वैदेशिक प्रतिक्रियावादीहरू र तिनका कट्टरपन्थी नेपाली दलालहरू विभिन्न बहाना गरेर हाम्रो पार्टीलाई छिटोभन्दा छिटो युद्धमा धकेल्न चाहन्छन् । अहिले सहरबजारमा समेत आम नेपाली जनतामा तीब्र गतिले फैलिएको ने.क.पा.(माओवादी)को प्रभाव उनीहरूलाई अस≈य भइरहेको छ । अतः उनीहरूको भाषामा हामीलाई जङ्गल धपाउन उत्तेजनात्मक प्रचार र घटनाक्रमहरूलाई नियोजितरूपले अगाडि बढाइरहेका छन् । यो स्थित्रि्रति सचेत हुँदैगएको आम नेपाली जनता भने उत्तेजनामा आएर तत्काल युद्धविराम भङ्ग गरी विगतमा झैं ने.क.पा.(माओवादी) युद्धमा हामफालिनहालोस् भन्ने चाहन्छन् । यहा“ यो तथ्य पनि उल्लेखनीय छ कि वैदेशिक प्रतिक्रियावादी र उनका नेपाली दलाल बहेक कुनै पनि सचेत नेपाली जनता ने.क.पा.(माओवादी)ले हतियार बुझाओस् भन्ने पक्षमा छैनन् । यतिबेला आम नेपाली जनता मुख्यतः सहरिया मध्यमवर्ग ने.क.पा.(माओवादी)को विशेष पहलमा देशका सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकताबद्ध बनून् र आवश्यक परे अर्को सशक्त आन्दोनलको घोषणा होस् हामी साथ दिन तयार छौं भन्ने मनस्थितिमा रहेको छ । जनताको यो मनस्थितिलाई बुझिरहेका प्रतिक्रियावादीहरू आत्मसमर्पण गराउन नसकिने भएका कारण सैन्यशक्तिको अहङ्कारसहित माओवादीलाई युद्धमा धेकेलीहाल्न चाहन्छन् ।
- दश वर्षो जनयुद्धको जग र १२ बुँदे समझदारीको आडमा विकसित भएको ऐतिहासिक जनआन्दोलन तथा बालुवाटारको आठबुँदे सहमतिपछि विकसित वर्गसंघर्षको उपर्युक्त विशिष्ट परिस्थितिलाई सर्वहारावर्गको राजनीतिक पर्टीले हल्का र सतही ढङ्गले हेर्ने भुल गर्नसक्तैन । यथार्थमा वर्गसंघर्षको यो विशिष्टता २१ औं शताब्दीमा सर्वहारा क्रान्तिको विचार, राजनीति र फौजी कार्यदिशाको विकासको विश्वव्यापी सैद्धान्तिक महत्त्वको प्रश्नसँग अभिन्नरूपले गाँसिएको छ । अतः पर्टीले विद्यमान परिस्थितिलाई त्यही गम्भीरताका साथ लिएर आफ्ना कार्यनीतिहरूको सैद्धान्तीकरण गर्न जोड गर्नुपर्दछ ।
राजनीतिक हस्तक्षेप र फौजी हस्तक्षेपको विशिष्ट सन्तुलन कायम गर्दै समग्र युद्धका रूपमा सिर्जनात्मक ढङ्गले पहल गरिएको महान् जनयुद्ध पाँच वर्षपुगेपछि पर्टीले विशिष्ट विचार श्रृङ्खलाको रूपमा प्रचण्डपथको संश्लेषण गर्यो । विचार संश्लेषणको त्यो प्रक्रियालाई पर्टीले २१ औं शताब्दीमा जनवादको विकास हुँदै चुनवाङ्ग वैठकसम्म आउँदा भूमण्डलीकृत साम्राज्यवाद र त्यसको भूमण्डलीकृत भीमकाय संरचनाका विरुद्ध सर्वहारावर्गको नयाँ वैचारिक, राजनीतिक र फौजी कार्यदिशाको विकासमा जोड गर्यो । त्यही विकसित कार्यदिशाको जगमा टेकेर पर्टीलेहिले सम्भावना र चुनौतीको नितान्त नयाँ विन्दुमा उभिन आइपुगेको छ । परम्परागत जडसूत्रीय ढङ्गबाट क्रान्तिलाई बुझ्न खोज्नेहरूका दृष्टिमा हाम्रो यो स्थिति दक्षिणपन्थी विचलनको र दक्षिणपन्थी संशोधनवादीहरूका दृष्टिमा हाम्रो यो स्थिति वामपन्थी दुस्साहसवादको परिचायक हो । तर, हाम्रो दृष्टिमा यो स्थिति मालेमाको सिर्जनात्मक प्रयोग र विकासको परिचायक हो ।
- उपर्युक्त परिस्थितिलाई उल्लेखित सैद्धान्तिक मान्यताबाट विचार गर्दा नेपाली जनक्रान्तिको सफलताका लागि सशक्त जनयुद्ध, सशस्त्र जनआन्दोलन र शान्तिवार्ता तथा कुटनीतिक पहलको बीचमा समुचित तालमेल र सन्तुलन अनिवार्य छ । सूचनाप्रविधिमा भएको अभूतपर्ूव क्रान्ति र साम्राज्यवादी भूमण्डलीकरणको विशिष्ट प्रकृतिका कारण क्रान्तिको यो नयाँ मोडेलको सैद्धान्तीकरण गर्ने प्रश्नमा पर्टीले ढतापूर्वक अगाडि बढ्नु पर्दछ । क्रान्तिको पुनरावृत्ति असम्भव छ तर क्रान्तिको विकास सम्भव छ भन्ने मान्यताबाट अगाडि बढेर नै पर्टीले आजको विन्दुमा आइपुगेको कुरा कहिल्यै बिर्सनुहुँदैन ।
अतः मालेमाको वैचारिक विकासको चुनौतीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै नेपाली जनताको शान्ति र अग्रगमनको आकाङ्क्षालाई उच्च सम्मान गर्दै तथा नेपाली वर्गसंघर्षको आजको ठोस स्थितिमाथि विचार गरी पर्टीले निम्नअनुसार कदम चाल्नु उपयुक्त ठान्दछ ।
पहिलो चरण:
क) शान्तिवार्तामार्फ् आठबुँदे सहमति कार्यान्वयन गराउँदै, अन्तरिम संविधान, अन्तरिम व्यवस्थापिका र अन्तरिम सरकार गठन गरी छिटो संविधानसभाको निर्वाचन गराउन दबाब सृष्टि गर्ने उद्देश्यसहित हाम्रो स्वतन्त्र पहलमा देशव्यापी सभा, जुलुस, धर्ना आदि कार्यक्रमहरू अगाडि बढाउने ।
ख) बृहत् गणतान्त्रिक मोर्चा निर्माणको प्रक्रियालाई अन्तिम रूप दिने, त्यसमार्फ लोकतान्त्रिक गणतन्त्रको न्यूनतम साझा कार्यक्रम निर्माण गर्ने तथा आन्दोलनको कार्यक्रम (शान्तिवार्ता सफल हुने र नहुने अवस्थाका लागि ) निश्चित गर्न जोड गर्ने ।
दोस्रो चरण:
क) संविधानसभातिर देश प्रवेश गरेको स्थितिमा मोर्चामार्फ् लोकतान्त्रिक गणतन्त्रको पक्षमा शान्तिपूर्ण आन्दोलनको लहर सृष्टि गर्न देशव्यापी अभियान सञ्चालन गर्ने । आन्दोलनका रूपमा अगाडि बढिरहेको जनसमुदायले मात्र संविधानसभामा साम्राज्यवादी र तिनका दलालहरूको षडयन्त्रलाई परास्त गरी आफ्नो विजय सुनिश्चित गर्न सक्दछ भन्ने सच्चाइलाई दह्रोसँग आत्मसात गरेर पर्टीले त्यसप्रकारको आन्दोलन सृष्टि गर्न अधिकतम जोड लगाउनुपर्ने छ ।
ख) शान्तिवार्ता सफल नहुने तथा देश नि:शर्त संविधानसभातिर जान रोकिने स्थितिमा पर्टीले पहिलो प्रयत्न मोर्चामार्फ् सशक्त जनआन्दोलन उठाउन प्रयत्न गर्नेछ । यो प्रयत्न युद्धविराम भङ्ग नगरी शान्तिपूर्ण र जुझारु जनआन्दोलन निर्माण हुनेछ । दुवै चरणका दुवै स्थितिमा वार्ताको मोर्चालाई पनि निरन्तर अगाडि बर्ढाई आन्दोलनको एक उर्जाका रूपमा प्रयोग गर्न जोड गरिने छ ।
« फिर्ता